सूचनाको संवाहक बन्दै स्थानीय एफएम
बेझाड । स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् । गाउँबस्तीका सूचना प्रवाह गर्ने भएकाले अहिले ग्रामीण भेगमा एफएम रेडियो सूचनाको संवाहक बनेका छन् ।
घरमै बसीबसी गाउँका खबर सुन्न पाउँदा आनन्द लाग्ने गरेको पाल्पा, निस्दी गाउँपालिका–४ मित्याल दुमिदमारका ५७ वर्षीय गेमबहादुर सोती बताउनुहुन्छ । “गाउँमा के भइरहेको छ, सबै खबर सुन्न पाउँदा निकै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।
एफएम रेडियोले मान्छे हराएकोदेखि गाउँघरका आमा समूहको भेला, बैठक, गोष्ठीलगायतका विविध खबर प्रसारण गर्ने हुँदा गाउँ बस्तीमा यसको राम्रो प्रभाव परेको छ ।
शहरउन्मुख क्षेत्रमा सूचना, सञ्चार, इमेल, इन्टरनेटको पहुँचका कारण एफएम रेडियो सुन्ने स्रोता कमै हुन्छन् । विकट र दुर्गम गाउँ बस्तीमा भने मेलापात र घाँस दाउरा गर्न जाँदा साथमै रेडियो बोकेर जाने चलन छ । घरमै बसीबसी गाउँकै घटना सुन्न र खबर दिन सजिलो भएको मित्याल मौलाथरकै जबरसिं सारु बताउनुहुन्ँछ । “काम गर्दै रेडियो सुन्दै गर्दा समय बितेको पत्तै हुँदैन्,” उहाँले भन्नुभयो, “ मोबाइल राम्रोसँग प्रयोग गर्न पाइँदैन, रेडियो बजायो गाउँघरका खबर सुन्यो, बस्यो ।”
केन्द्रीयस्तरका सञ्चारमाध्यमले देश विदेशको खबर प्रसारण गर्ने हुँदा विकट र ग्रामीण भेगका बासिन्दाका लागि स्थानीय सञ्चारमाध्यम नै उपयुक्त रहेको मौलाथरका रुमबहादुर रानाले बताउनुभयो । “गाउँघरमा हरेक दिन भएका खबर समेटेर रेडियोले प्रसारण गर्ने हुँदा ग्रामीण भेगका बासिन्दालाई सूचना प्राप्त गर्ने राम्रो माध्यम बनेको छ” उहाँले भन्नुभयो ।
सूचनाको पहुँच नपुगेको ठाउँमा रेडियोले राम्रो प्रभाव पारेको, रेडियो समुदायकै हो भन्ने आभास जनमानसमा पर्दै गएको सामुदायिक रेडियो रामपुरका अध्यक्ष वासुदेव देवकोटाले बताउनुभयो । कालीगण्डकीबँेसी क्षेत्रमा हाल तीन एफएम रेडियो सञ्चालनमा छन् । यी रेडियोले ग्रामीण भेगमा राम्रो सूचना प्रवाह गर्दै आइरहेका छन् । गाउँका एफएम रेडियोले टोल बस्तीका हरेक दिनका गतिविधि प्रसारण गर्ने हुँदा दुर्गम र विकट गाउँका बासिन्दाका लागि सूचनाको राम्रो पहुँच पुगेको छ । ग्रामीण भेगका बासिन्दाका लागि एफएम रेडियो जीवनको एउटा साथी बनेको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












