महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी
राँझा । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो ।
भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताउनुभयो ।
महीनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयस्तरमा समेत महीनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महीनामा करीब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उहाँको दाबी छ ।
महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बताउनुहुन्छ । स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












