प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल
भरतपुर । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ ।
प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्छाैँ”, उहाँले भन्नुभयो, “सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्छौँ ।”
प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै मन्त्री लामाले अब तीव्र रुपमा विकास निर्माणका काम हुने बताउनुभयो । उहाँले प्रदर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउनसमेत सुझाब दिनुभयो । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले बताउनुभयो । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण थालिएको हो ।
अध्यक्ष दुवाडीले भन्नुभयो, “निर्माण सम्पन्न गर्दासम्म रु ४२ करोडभन्दा बढी खर्च हुने देखिन्छ”, प्रदेश नं ३ को महत्वपूर्ण योजनाका रूपमा रहेकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको दुवाडीले बताउनुभयो । छलफलमा सहभागी प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको बताए । छलफलमा सांसद विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाल, पार्वती सिलवाल, रीना गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको हो । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
चौध सीसी क्यामरा मात्रै सञ्चालनमा
सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उहाँले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ । टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताउनुभयो । अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उहाँले भन्नुभयो ।
निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताउनुभयो । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












