प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल
भरतपुर । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ ।
प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्छाैँ”, उहाँले भन्नुभयो, “सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्छौँ ।”
प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै मन्त्री लामाले अब तीव्र रुपमा विकास निर्माणका काम हुने बताउनुभयो । उहाँले प्रदर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउनसमेत सुझाब दिनुभयो । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले बताउनुभयो । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण थालिएको हो ।
अध्यक्ष दुवाडीले भन्नुभयो, “निर्माण सम्पन्न गर्दासम्म रु ४२ करोडभन्दा बढी खर्च हुने देखिन्छ”, प्रदेश नं ३ को महत्वपूर्ण योजनाका रूपमा रहेकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको दुवाडीले बताउनुभयो । छलफलमा सहभागी प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको बताए । छलफलमा सांसद विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाल, पार्वती सिलवाल, रीना गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको हो । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
चौध सीसी क्यामरा मात्रै सञ्चालनमा
सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उहाँले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ । टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताउनुभयो । अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उहाँले भन्नुभयो ।
निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताउनुभयो । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












