त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु
बेत्रावती, ५ पुस (रासस) ः चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएकोे छ ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह् नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी बेपत्ता भएपछि आक्रोशित स्थानीयवासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाउनाका साथै प्रहरीको एक गाडीमा पनि क्षति पु¥याएकाले प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो ।
घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












