हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त
काभ्रेपलाञ्चोक । आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।
एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने उक्त पाँचखाल–मेलम्ची सडक एक वर्षको अवधिमा ३० प्रतिशत मात्रै काम सकिएको छ । सडक क्षेत्रका टेलिफोन तथा बिजुलीका पोल हटाउने काममा ढिलाइ हुनु तथा सडक दायाँबायाँका जग्गा अधिग्रहण, घर–टहरा भत्काउने विषयमा उत्पन्न विवादले सडक स्तरोन्नतिको काम ढिलाइ भएको योजनाका इञ्जिनीयर दिनेशकुमार महतोले बताउनुभयो ।
उहाँका अनुसार हाल सडक योजनाको जिरोकिलोदेखि मेलम्चीसम्मको करीब २३ किलोमिटर सडकमध्ये १६ किलोमिटरसम्म मात्रै स्तरोन्नतिको काम भएको छ । सडक स्तरोन्नतिअन्र्तगत काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक क्षेत्रको सडकमा पर्खाल लगाउने, नाली, कल्भर्ट बनाउने काम भइरहेको महतोले बताउनुभयो ।
उहाँका अनुसार जिरोकिलोदेखि कोदारीसम्म करीब आठ किलोमिटर सडकमा चार महीनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ । सडक योजनाअन्र्तगत सिन्धुपाल्चोकमा सडक छेउका करीब साढे दुई किलोमिटर सामुदायिक वन रहेको र उक्त क्षेत्रमा सडक बनाउने विषयमा पनि विवाद देखिएको छ । उक्त क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएकाले सडक स्तरोन्नतिको काम रोकिएको इञ्जिनीयर महतोले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत मङ्सिर २६ गते पाँचखाल–मेलम्ची सडक योजनाअन्र्तगत पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नगरपालिका क्षेत्रमा सडक रेखाङ्कनको सीमा क्षेत्रमा पर्ने (मेलम्ची खानेपानी विकास समितिबाट अधिग्रहण भइसेकेका बाहेक)को जग्गा अधिग्रहण गर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।
मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले जग्गा अधिग्रहणका विषयमा आफूले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सडकका लागि थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ ।” हेलम्बु राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन भएको इञ्जिनीयर महतोले जानकारी दिनुभयो । योजनाको काम स्वछन्द–आशिष कन्ट्रक्सन कम्पनीले गरेको हो ।
इञ्जिनीयर महतोका अनुसार आगामी जेठ मसान्तभित्र योजनाको ८५ प्रतिशत कामसक्ने लक्ष्य लिइएको छ । यस राजमार्गमा हाल यात्रुबाहक सवारीसँगै दैनिक सयौँको सङ्ख्यामा टिपर गुड्ने गरेका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












