हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त
काभ्रेपलाञ्चोक । आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।
एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने उक्त पाँचखाल–मेलम्ची सडक एक वर्षको अवधिमा ३० प्रतिशत मात्रै काम सकिएको छ । सडक क्षेत्रका टेलिफोन तथा बिजुलीका पोल हटाउने काममा ढिलाइ हुनु तथा सडक दायाँबायाँका जग्गा अधिग्रहण, घर–टहरा भत्काउने विषयमा उत्पन्न विवादले सडक स्तरोन्नतिको काम ढिलाइ भएको योजनाका इञ्जिनीयर दिनेशकुमार महतोले बताउनुभयो ।
उहाँका अनुसार हाल सडक योजनाको जिरोकिलोदेखि मेलम्चीसम्मको करीब २३ किलोमिटर सडकमध्ये १६ किलोमिटरसम्म मात्रै स्तरोन्नतिको काम भएको छ । सडक स्तरोन्नतिअन्र्तगत काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक क्षेत्रको सडकमा पर्खाल लगाउने, नाली, कल्भर्ट बनाउने काम भइरहेको महतोले बताउनुभयो ।
उहाँका अनुसार जिरोकिलोदेखि कोदारीसम्म करीब आठ किलोमिटर सडकमा चार महीनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ । सडक योजनाअन्र्तगत सिन्धुपाल्चोकमा सडक छेउका करीब साढे दुई किलोमिटर सामुदायिक वन रहेको र उक्त क्षेत्रमा सडक बनाउने विषयमा पनि विवाद देखिएको छ । उक्त क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएकाले सडक स्तरोन्नतिको काम रोकिएको इञ्जिनीयर महतोले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत मङ्सिर २६ गते पाँचखाल–मेलम्ची सडक योजनाअन्र्तगत पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नगरपालिका क्षेत्रमा सडक रेखाङ्कनको सीमा क्षेत्रमा पर्ने (मेलम्ची खानेपानी विकास समितिबाट अधिग्रहण भइसेकेका बाहेक)को जग्गा अधिग्रहण गर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।
मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले जग्गा अधिग्रहणका विषयमा आफूले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सडकका लागि थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ ।” हेलम्बु राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन भएको इञ्जिनीयर महतोले जानकारी दिनुभयो । योजनाको काम स्वछन्द–आशिष कन्ट्रक्सन कम्पनीले गरेको हो ।
इञ्जिनीयर महतोका अनुसार आगामी जेठ मसान्तभित्र योजनाको ८५ प्रतिशत कामसक्ने लक्ष्य लिइएको छ । यस राजमार्गमा हाल यात्रुबाहक सवारीसँगै दैनिक सयौँको सङ्ख्यामा टिपर गुड्ने गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












