सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताउनुभएको छ ।
काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत आज आयोजित नागरिक सुनुवाइ कार्यक्रममा उहाँले शान्तिसुरक्षा तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी अहोरात्र खटिएको उहाँले दाबी गर्नुभयो ।
समुदाय–प्रहरी साझेदारीको अवधारणा, समुदायमा प्रहरीको जवाफदेहिता, सुशासन प्रवद्र्धन, सुरक्षा सुदृढीकरण, अपराध रोकथाम एवं न्यूनीकरणलगायतका विषयमा नागरिक सुनुवाइ भएको गरिएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक लामाले सुरक्षासम्बन्धी स्थानीयले राखेका जिज्ञासाको निरुपण गर्दै नागरिकसँग समन्वय र सहकार्यमा सभ्य एवं सुरक्षित समाज निर्माणका लागि प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले काठमाडौँ परिसरबाट भएको काम कारवाही, उपलब्धि एवं आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो । यसैका लागि नै समुदाय प्रहरी साझेदारी अवधारणा आएकाले अहिले गाउँटोलमा नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बन्दै गएको प्रहरीको भनाइ थियो । प्रहरीले सबै पालिका तथा स्कूलमा समिति बनाएर अभियानात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालले एचआर इन्टरनेशनल म्यानपावरसँगको सहकार्यमा प्राप्त दुई थान ह्विलचेयर प्रहरी वरिष्ठ उपरीक्षक लामाले काठमाडौँ महानगरपालिका– ५ भत्केकोपुल बस्ने सुनिता शाह र सुनित शाहलाई प्रदान गर्नुभयो ।
कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्थानीय बुद्धिजीवी, उपत्यकास्थित विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीलगायतको सहभागिता थियो ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












