अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी
साँखु । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।
कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ । आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।
अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उहाँको भनाइ थियोे ।
साँखु, पटाप, चाँपकोबोट, नाङ्गेभारे, सलम्बुटारलगायत क्षेत्रका नौ विद्यालयमा सो कक्षा सञ्चालन गरिएको र अन्य थुप्रै विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
यस्ता कक्षा सञ्चालन भएपछि बालबालिकाले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ । यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने शङ्खरापुर नगरपालिका समाजसेवी पुरुषोत्तम चौलागार्इंले बताउनुभयो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












