नेपालगञ्जका चोक–चोकमा राखिएका सिसी क्यामरा बिग्रिए
बाँके । नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन ।
ती क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता क्यामराले काम गर्न छाडेको जनाएको छ । क्यामरा व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले ठेकेदार कम्पनीले नै बिग्रिएको सिसी क्यामरा मर्मत गर्ने सम्झौता भएअनुसार मर्मत भइरहेको जानकारी दिनुभयो । चार महीनासम्म गहन छलफल र सहयोग सङ्कलन गरेपछि नेपालगञ्जका विभिन्न चोकमा सिसी क्यामेरा राखिएको थियो । गत साउन २१ गते सिसी क्यामेराको उद्घाटन गरिएको थियो । चोकमा क्यामरा राख्न तत्कालीन प्रहरी उपरिक्षक टेकबहादुर तामाङले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने २५ सदस्यीय सिसी क्यामरा व्यवस्थापन समितिले सबै चाँजोपाँजो मिलाएको थियो ।
संयोजक वैश्यले केही क्यामरा बिग्रिने र तत्कालै बनाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार विद्युत् पोलको काम भइरहेको, हावाहुरी र सवारीसाधनले तारमा असर गर्दा केही ठाउँको क्यामरा बिग्रिएका छन् । ठेकेदार कम्पनीलाई एक जना प्राविधिक यही राखिदिन अनुरोध गरिएको छ ।
नेपालगञ्जमा सिसी क्यामरा जडान गर्न विभिन्न व्यक्ति, उद्योग, फर्मबाट रु ४५ लाख ७६ हजार सङ्कलन गरिएकोमा ५६ वटा जडान गर्दा रु ३३ लाख ९७ हजार २६० खर्च भयो । ती ५६ क्यामराको १४ किलोमिटरमा नेटवर्क बनाइयो भने अन्य ठाउँमा पनि क्यामरा राख्ने तयारी छ ।
भएकै क्यामराको राम्रो व्यवस्थापन गर्न नसकेको व्यवस्थापन समितिका संयोजक वैश्यले भन्नुभयो, “औद्योगिक क्षेत्रलगायतका अन्य ठाउँसहित नेपालगञ्जमा १५० जति क्यामरा जडान गर्ने तयारी छ ।” राँझा, कारकाँदो, पुष्पलाल, धम्बोझी, बिपी, गणेशमान, त्रिभुवन, बसपार्क, अञ्चल अस्पताल, शहीद सेतुविक चोकलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।
त्यस्तै उज्यालो शहर बनाउन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको सुर्खेत रोड र न्यूरोड क्षेत्रमा राखिएका ६७ सौर्य बत्ती बल्दैनन् । दुई वर्षअघि पाइलट प्रोजेक्टका रुपमा राखिएका सौर्य बत्ती बिग्रिएपछि मर्मतमा कसैले चासो देखाएको छैन ।
ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिका बीच मर्मत कसले गर्ने भन्नेमा निक्यौल नहुँदा बिग्रिएका ती बत्ती बनाउनेतर्फ पहल हुनसकेको छैन । काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको ७० बत्तीबारे आफूसँग जानकारी रहेपनि अन्य ८० कसले जडान गरेको भन्नेबारेमा नेपालगञ्ज उपमहानगरपालिका नै बेखबर छ ।
उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भन्नुभयो, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकाले समस्या छ ।” इञ्जिनीयर गुप्ताका अनुसार बत्तीको कुनै पाटपुर्जा बिग्रिएमा दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । “सबै सम्झौता मन्त्रालयबाट सोझै भएको हुँदा प्राविधिक कुराबारे हामीलाई जानकारी छैन”, गुप्ताले भन्नुभयो ।
कृषिउपज केन्द्र बन्द
करीब पाँच वर्षअघि केएल दुगड समूहले सञ्चालन गरेको ज्ञान एग्री भण्डारण कृषिउपज केन्द्र बन्द भएको छ । बाँके, बर्दिया र दाङका किसानलाई लक्षित गर्दै २०७१ सालमा ग्लोबल आइएमई बैंकको सहकार्यमा सञ्चालित केन्द्रमा लक्ष्यअनुसार किसानको सहभागिता नहुँदा केन्द्र बन्द भएको हो ।
बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण किसान उक्त कार्यक्रममा सहभागी हुन नआएपछि एक वर्षदेखि नै कार्यक्रम बन्द भएको छ । ज्ञान एग्री वेयरहाउजिङ एण्ड कोलष्ट्रोल म्यानेज्मेन्ट प्रालिमार्फत स्थापना गरिएको उक्त केन्द्रमा करीब रु १५ करोड बढीको लागत रहेको थियो । केन्द्रको क्षमता तीन हजार ५०० मेट्रिक टन छ ।
रु १५० प्रतिमेट्रिक टन भाडा तिरेर किसानले आफ्ना कृषि उत्पादन उक्त केन्द्रमा भण्डारण गर्न पाउने व्यवस्था गरिएको थियो । किसानले कार्यक्रमभित्र आउन रुचि नदेखाएपछि एक वर्षअघि नै कार्यक्रम बन्द गरिएको केएल दुगड नेपालगञ्जका प्रबन्ध निर्देशक प्रदीप छाजेड बताउनुहुन्छ । उक्त भण्डारण केन्द्रको स्थापना पछि किसानको उत्पादन कुहिने, चोरी हुने, आगलागीबाट नष्ट हुने र मूल्य नपाउने समस्या समाप्त हुने विश्वास लिइएको थियो । कृषिउपजको भण्डारण कम्पनी आफैँ बीमासमेत गर्दै आएको थियो । भण्डारण केन्द्रमा कृषकले उपज राखैकै आधारमा ‘वेयर हाउस रसिदमार्फत कर्जा’ समेत पाएका थिए ।
किसानको उत्पादन सुरक्षित रहोस् र बजारमा राम्रो मूल्य पाउन भन्नका लागि प्रयास थालेको भए पनि दीर्घकालीन बन्न नसकेको छाजेड बताउनुहुन्छ । यहाँका कृषकबाट कृषि बाली खरीद गरेर करीब ६७ प्रकारका खाद्यान्न उद्योग सञ्चालनमा ल्याएको समेत उहाँले बताउनुभयो । भण्डारण गर्ने किसानलाई कृषिसम्बन्धी विभिन्न तालीम प्रदान गरिएको थियो । किसानले भण्डारण गरेको बालीको बजार मूल्यको ७० प्रतिशत बराबरको बैंकबाट कर्जा पाएका थिए । बैंकको प्रक्रिया लामो भएपछि उक्त कार्यक्रममा सहभागी हुन नआएको बाँकेका किसान बताउँछन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












