रवि लामिछानेको डिभोर्स : सबैका ‘प्रिय’ बनेका रवि श्रीमतीकी ‘प्रिय’ किन हुन सकेनन् ? कारण यस्तो रहेछ
काठमाडौँ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।
रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।
तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।
‘तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भइसक्यो, हाम्रो सम्बन्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ,’ रविले आफ्नो असफल वैवाहिक सम्वन्धका बारेमा आफैंले फेसबुकमा वयान गर्दै लेखेका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौं, जुन गल्तीले सारा घटनाहरु घटे ।’
रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् । ‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’ रविले लेखेका छन् ।
अब वर्षौंको एक्लो जीवन र असफल सम्वन्धहरुबाट पाठ सिक्दै अघि बढ्न चाहेको उनले उल्लेख गरेका छन् ।
रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् ।
हेर्नुस रविको फेसबुक स्टाटस
https://www.facebook.com/permalink.php?story_fbid=2222442611301232&id=100006065443699
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












