४० नम्बर ल्याउन नसकेर ८ हजार अस्थायी शिक्षक फेल
काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् ।
उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् ।आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरेका छन् ।
आयोगले २२ हजार ७६ पदका लागि आन्तरिकतर्फ विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् । परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकलाई सहभागी गराइएको थियो ।
२०६१ अघिको हकमा प्रकाशित विज्ञापनमा अधिकांश शिक्षक प्रतिस्पर्धाबिनै ९पास अंक ल्याएर० स्थायी हुने भएका हुन् । ती विज्ञापनमा माग संख्याभन्दा आवेदन दिन पाउने शिक्षकको संख्या थोरै थियो । लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता माघ मसान्तसम्म सकिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जनाए ।
लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन् । ऐनले परीक्षामा भाग नलिने र फेल हुने शिक्षकलाई सुविधासहित बिदाई गर्ने व्यवस्था गरेको छ ।
दरबन्दीअनुसार अस्थायी शिक्षकबाट पदपूर्ति नहुने भएपछि आयोगले खुलातर्फ ४ हजार ५ सय पद थपिने जनाएको छ । हरेक वर्ष रिक्त ३ हजार दरबन्दीसमेत तत्काल ७ हजार ५ सय शिक्षकका लागि खुला विज्ञापन गरिने थपलियाले बताए । आन्तरिकमा दरखास्त नपरेका २ हजार ५ सय अस्थायी दरबन्दीलाई यसअघि नै खुलामा रूपान्तण गरिसकिएको छ । सुविधा नपाउँदा र अर्का शिक्षकको व्यवस्था पनि नहुँदा परीक्षामा फेल भएका शिक्षकले पढाइरहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अन्तिम नतिजा नआउँदासम्म उनीहरूलाई अध्यापन गराइराख्न सर्कुलर गरेको छ । असफल शिक्षकलाई बिदाइ गर्न विवरण संकलन भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जनाए । उनीहरूलाई बिदाइ गरेलगत्तै सट्टामा करारमा शिक्षक नियुक्त गर्नेबारे छलफल भइरहेको उनले जनाए ।
‘असफल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्न ६ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘अनुत्तीर्ण हुनेको संख्या बढेकाले ८ अर्ब चाहिने आकलन गरेका छौं ।’
कान्तिपुर दैनिकबाट साभार गरीएको हो ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












