सत्याग्रहमा समर्थन बढ्दै, डा केसीको स्वास्थ्य बिग्रदै

इलाम । चिकित्सा शिक्षा सुधारसहित ६ बुँदे माग राख्दै गत बुधबारदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको सत्याग्रहप्रति समर्थन बढ्दै गएको छ । इमालमा विभिन्न समूहले ऐक्यवद्धता जनाउँदै नारा, जुलुससंगै प्रदर्शन गरेका छन् ।
बिहीबार महिलाहरुले ऐक्यवद्धता जनाउँदै जुलुस निकालेका थिए । अन्य क्षेत्रबाट पनि समर्थन बढ्दो छ । सामाजिक संजालमा पनि डा केसीको समर्थन गर्दै सरकारप्रति आक्रोश पोखिएको छ ।
१५ औं चरणसम्म पनि विभिन्न दल तथा नेताहरुको नेतृत्वको सरकारले आश्वासन दिएर अनसन फिर्ता गराए पनि सम्झौता पालना गरेनन् । यसअघि गत साउनमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाए पनि धोका दियो ।
बुधबारदेखि अनसनरत डा केसीको स्वास्थ्य तेस्रो दिन शुक्रबार नै बिग्रदै गएको छ । उनको स्वास्थ्य बिहीबार रातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।
शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।
चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् ।
ज्यानको पर्वाह नगरी चिकित्सा शिक्षामा सर्वसुलभता खोजेका डा केसीले सुगरको परीक्षण गर्न भने मानेका छैनन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले भने डा केसीका ९५ प्रतिशत माग पूरा भएको भन्दै अब अनसन हैन खुसियाली मनाउने बेला आएको बताएको छ । केसीका ९५ प्रतिशत भन्दा बढी माग सम्बोधन भइसकेकाले उनको अनशनको औचित्य नभएको सरकारले जिकिर गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा डा केसीले उठाएका माग सम्बोधन गरिसकिएको बताएका हुन् ।
‘डा केसीले उठाएका ९५ प्रतिशतभन्दा बढी माग सम्बोधन भइसकेका छन, यसकारण अनशन होइन, उत्सव मनाउनु पर्ने हो,’ प्रवक्ता बाँस्कोटाले भने, ‘तर, कताकता बैठक राखेर नयाँ नयाँ कुरा ल्याउनुभएको छ, त्यसबारे हामीलाई जानकारी छैन ।’
एउटा नागरिकका मागप्रति पन्छिने काम गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । केही राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्रीको गिरेको साख जोगाउन पनि तत्काल इलाम गएर डा केसीका माग सम्वोधन गर्न राजी हुनुपर्नेमा जोडसमेत दिएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...











