पृथ्वीनारायण शाहलाई थुक्नुको अर्थ

काठमाडौं । देशभर पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्दै उनको जन्म जयन्ती मनाइरहँदा कीर्तिपुरमा भने विरोध कार्यक्रम भयो।
पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण नभइ सयौंको ज्यान लिएर दमन स्वरुप काठमाडौंमा आक्रमण गरेको भन्दै नेवा: अगुवाहरुले शाह एकीकरण नायक हुन नसक्ने बताउँदै अघिल्ला वर्षहरुदेखि नै विरोध कार्यक्रम आयोजना गर्दै आएको हो।
यसपटक नेवा: प्रदेशमा आदिवासी जनजाति जागरण अभियान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति राष्ट्रिय महासंघलगायतका संघसंस्थाले पुस २७ लाई कालो दिवसका रुपमा मनाउन आह्वानसमेत गरेका थिए।
कालो दिवसको कार्यक्रमस्वरुप आदिवासी जनजातिका अगुवाहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा) मा थुक्ने कार्यक्रम आयोजना गरिएको थियो। तर यसपटक भने प्रहरीले ढुंगालाई चारैतिरबाट घेरेर कसैलाई थुक्न नदिएको जनजाति अभियान्त श्रीकृष्ण महर्जनले बताए।
उनले भने ‘अन्याय र दमनविरुद्ध कीर्तिपुरवासीले सो ढुंगामा वर्षौंदेखि थुक्दै आएका थिए। विगतका वर्षहरुमासमेत हामीले थुक्दै आएका थियौं। तर यसपटक राज्यले प्रहरी परिचालन गरेर हामीलाई थुक्नबाट रोक्यो।’
नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै पृथ्वीनारायणलाई ठेस लागेर लडेको उक्त ढुंगामा कीर्तिपसरवासीहरुले थुक्दै आएको उनले बताए।
गणतान्त्रिक राष्ट्रमा अन्यायविरुद्ध आवाज उठाउँदा ‘माथिको आदेश’ भन्दै आफूहरुलाई रोकिएको र त्यसकारणले केही समय त्यहाँको अवस्था तनावपूर्ण भएको उनले बताए।
परम्परादेखि थुक्दै आएको ढुंगामा थुक्न नदिएका कारण आज भने अर्को ढुंगालाई छ्याक: ल्वहं मानरे प्रतीकात्मक रुपमा थुकेको उनले जनाए।
यस्तै आज ढुंगालाई पहरा दिएर बचाए पनि भोलिबाट त्यहाँ थुक्ने मानिसको कमी नहुने उनले बताए।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












