हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार
फिदिम । लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो ।
बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप फेरिएको हो । बिजुली बल्न थालेपछि मात्र आफूहरूको बजार बजार जस्तो लाग्न थालेको स्थानीयले बताएका छन् ।
टुकीको टिलपिले उज्यालोमा रात काट्नुपर्ने सप्तमीका एक सय घरमा अहिले उज्यालो छाएसँगै सप्तमी नमुना बजार भएको छ । वायु ऊर्जासँगै ५० किलोवाट क्षमताको सौर्य प्रणालीको विद्युत् पनि सञ्चालनमा ल्याइएको छ । यसबाट जम्मा ११० घर लाभान्वित हुने जनाइएको छ । अहिले ७६ घरले विद्युत सेवा लिन थालेका छन् । थप विद्युत वितरणका लागि विद्युतीकरणको काम भइरहेको छ ।
सप्तमी बजार नजिकै डाँडामा निकै जोडले हावा चल्छ । सो स्थानमा दुई वटा फ्यान र १५२ वटा सोलार प्यानल राखेर विद्युत निकाल्न थालिएको हो । योजनाको प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले गरेको हो ।
सप्तमी डाँडामा परीक्षणका लागि २०७० सालदेखि लगातार पाँच वर्षसम्म हावाको चाप मापन उपकरण राखिएको थियो । यो अध्ययनबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना देखिएको थियो । यसपछि वायु तथा सौर्य मिनीग्रिड उपभोक्ता समिति बनाई बिजुली बाल्ने योजना थालिएको थियो ।
परियोजनाका लागि एसियाली विकास बैंकबाट चार करोड पचास लाख र उपभोक्ताबाट २० लाख र मिक्लाजुङ गाउँपालिकाबाट २४ लाख ७५ हजार रुपियाँ जुटाइएको थियो ।
स्थानीयले वायु र सौर्य ऊर्जाको बिजुली सहुलियत दरमा पनि बाल्न पाउने उपभोक्ता समिति अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । बिजुली स्थानीय होटल व्यवसायी धनमाया निरौलाले बत्ती बलेपछि रातको समयमा पनि काम गर्न धेरै सजिलो हुन थालेको सुनाउनुभयो । अँध्यारोको सकससँग जुध्नुपर्ने वाध्याता हटेकोमा सप्तमीवासी धेरै खुसी भएको उहाँको भनाइ छ । सप्तमीको नजिकैको अर्को डाँडा हिउँबारीबाट हावाबाटै पाँचसय किलोवाटसम्म विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । यहाँ पनि हावाको चाप मापनयन्त्र राखिएको छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












