इलाममा अनशनरत डा केसीको अवस्था गम्भीर

इलाम। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहित डाक्टरहरुको टोली इलाम पुगेर अनशनरत डा.गोविन्द केसीको उपचारमा जुटेको छ। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोली इलाम आएको छ। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा आज साँझ इलाम आइपुगेको टोलिले डा केसीको स्वास्थ्य परीक्षण गरेको छ।
परीक्षणपछि पत्रकारलाई जानकारी गराउँदै डा. बिकास शाहले डाक्टर केसीको अवस्था गम्भिर बनेकोले उहाँको ज्यान एकदमै खतरामा रहेको बताए । उहाँलाई कुनैपनि समयमा जेपनि हुनसक्ने भन्दै उहाको मुटु, घाँटी, पेट, टाउको लगायत सबैमा समस्या देखिएको र अवस्था एकदमै गम्भिर बनिसकेको डाक्टर बिकास शाहले जानकारी दिए।
सत्याग्रहमा बस्नु भएका प्राध्यापक डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि इमरजेन्सिका लागि आवश्यक सम्पूर्ण सामानहरु ल्याएपनि त्यो केही समयका लागि मात्र हुने हुँदा डाक्टर केसीलाई तत्काल सुबिधासम्पन्न अस्पतालमा लगि सिसियू तथा आइसियूमा उपचार गराउनुपर्ने सुझाव डाक्टर शाहको सुझाव छ।
इलाममा ८ दिनदेखि सरकारसग बिभिन्न माग राखि अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेसगै उनलाई इलाम अस्पतालमा लगेर उपचार सुरु गरे पनि भ्याटिलेटर लगायत अति आवश्यक उपकरण इलाम अस्पतालमा नभएकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोली इलाम पुगेर उपचार थालेको हो। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलाम पुगेको हो । चिकित्सक टोलीले पुगे लगत्तै डा केसीको उपचारमा खटिएको छ।
सो टोलीमा डा. बिकास सहित कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारी लगायत ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्स तथा पोर्टेवल भेन्टिलेटर, इसिजी, एडीवी मेसिन, पल्सअक्सिमेट्री, आकस्मिक उपचारमा चाहिने औषधिलगायतका सामाग्रीसहित समेत लिएर आएको बताइएको छ। उहाको अवस्था निक्कै कमजोर देखिएको छ। हामी मुटु लगायत थप परिक्षण गर्दैछौ।
सरकारले सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पेश नगरेर, नेपाली जनतालाई धोका दिएको भन्दै डा केसी अनशन बस्दै आएका छन् । उनको मागलाई बिभिन्न ठाउँबाट समर्थन आइरहेको छ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












