बालबालिका क्षेत्रमा थप लगानी वृद्धि गरिनुपर्छ : सभामुख महरा
काठमाडौँ । प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित हुनुभएको छ ।
प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संस्थापक अध्यक्ष थापालाई सम्मान गर्दै बालअधिकार संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्छ भन्नुभयो ।
उहाँले बालबालिकाको समग्र हितमा थप कानूनी तथा नीतिगत सुधारका लागि संसद्ले ध्यान दिएको जानकारी दिँदै राज्यले बालबालिका क्षेत्रमा थप लगानी बढाउनसमेत आग्रह गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको अधिकार संरक्षणमा सरकारले विशेष ध्यान दिएको चर्चा गर्नुभयो ।
सम्मानित व्यक्तित्व थापाले आफूले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय पुरस्कार बालबालिकाको हितमा नै खर्च गरिने जानकारी दिनुभयो । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहका संयोजक सत्य पहाडी, सचिव नारदमुनि राना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, सेतो गुराँसका अध्यक्ष जयराम गिरीले प्रारम्भिक बाल विकासका क्षेत्रमा थापाले अतुलनीय योगदान दिनुभएको चर्चा गर्नुभयो ।
हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३० हजार ४४८ बाल विकास केन्द्र सञ्चालित रहेका छन् । यस्ता केन्द्रका क्षमता अभिवृद्धि गर्न सेता गुराँसले आर्थिक एवं प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएको छ ।
विसं २०३६ मा स्थापना भएको सो संस्थाका संस्थापक अध्यक्ष थापाले हालै स्वीट्जल्याण्डस्थित ज्याकोब्स फाउण्डेशनले ‘क्लाउस् जे ज्याकोब्स पुरस्कार २०१८’ प्रदान गरेको थियो । सो पुरस्कारको करीब राशि रु एक करोड ३० लाख रहेको बताइएको छ ।
संविधानमा प्रारम्भिक बाल विकासलाई बालबालिकाको मौलिक हकका रुपमा स्थापित गरिएको छ । हाल सो संस्थाले देशका ५९ जिल्लामा प्रारम्भिक बालविकासका लागि महिला स्रोत व्यक्ति तयार गरी तालीम पैरवी गर्दै आएको छ । (रासस)
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












