कम्युनिष्ट मुख्यमन्त्री शेरधन राई महाराजबाट प्रभावित, मार्क्स, माओ गायब ?
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजको विचार र अवधारणाबाट प्रभावित भएको भन्दै धार्मिक नेताको जस्तै रवैया देखाएका छन् ।
जात, धर्म मानिसले जन्मदै लिएर आएको हुँदैन तर यसले हामीलाई गाँजेर मानव सभ्यता भन्दा टाढा लान खोज्छ भन्दै प्रशिक्षण दिने लिने मुख्यमन्त्री राई स्वयं महाराजबाट प्रभावित भएको भन्दा जो कोहि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आश्चार्यमा पर्न सक्छ ।
तर, राईले प्रदेश १ लाई हरित बनाउने भन्दै चलाएको अभियानको उद्घाटन गर्दै कृष्णदासजी महाराजको विचारबाट प्रभावित भएको जनाएपछि कम्युनिष्ट विचारको मार्ग निर्देशक सिद्धान्तलाई समेत लात हानेको भन्दै उनको ालोचना सुरु भएको छ ।
सुनसरीको चतरामा शनिबार राष्ट्रपतिद्वारा उदघाटिक महायज्ञमा सहभागी बनेका मुख्यमन्त्री राईले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि हरित अभियान सञ्चालन गर्न तयार भएर यो प्रदेशलाई आधार बनाउने उहाँ (कृष्णदासजी महाराज) हाम्रा लागि गौरवपूर्ण व्यक्तित्व हुनुहुन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारी कृष्णदासजी महाराजको संस्था जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठले आयोजना गरेको श्रीराम तारक ब्रम्ह महायज्ञको उदघाटन गर्न शनिबार चतरा पुगेकी थिइन् ।
सोही अवसरमा प्रदेश १ सरकारले कृष्णदासजी महाराजको अगुवाईमा हरित अभियानको घोषणा गरेको छ । महायज्ञ उदघाटनपछि राष्ट्रपतिको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को हरित अभियानको शुभारम्भ भएको घोषणा गरे ।
दासबाट आफू व्यक्तिगतरुपमा पनि प्रभावित भएको बताउँदै मुख्यमन्त्री राईले सम्बोधनकै क्रममा संकल्प वाचन गर्न कृष्णदासजी महाराजलाई आग्रह गरे ।
‘आत्मनिर्भर प्रदेश बनाउने’ भन्दै शुभारम्भ गरिएको अभियानको उदघाटन कार्यक्रममा मुख्यमन्त्री राईले भने ‘समय समयमा उहाँ (महाराज) सँग भएको सम्वाद, अन्तरक्रियाबाट हामी प्रभावित भएर उहाँका विचार र अवधारणालाई समाहित गर्ने सरकारको निर्णयबमोजिम आत्मनिर्भर अर्थतन्त्रका लागि हरित अभियानको घोषणा गर्दछु ।’
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











