शाखा अधिकृत विरुद्ध ३ करोड बिगो दावीसहित भ्रष्टाचारको मुद्धा
राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
अख्तियारले रिजालविरुद्ध अवैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेको भन्दै झन्डै ३ करोड रुपैयाँ बराबर बिगो दावीसहित मुद्धा दायर गरेको हो ।
अख्तियारले स्रोत नखुलेको रकम २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबर बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
६ कात्तिक २०४० देखि ५ वैशाख २०४१ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा काम गरेका रिजाल ११ वैशाख २०४१ देखि भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदमा स्थायी नियुक्त भएका थिए । पछि १५ वैशाख २०७४ मा रिजाल राजश्व अनुसन्धान विभागको शाखा अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।
सेवामा रहँदा रिजालले तलव तथा प्रोत्साहन भत्ता र उनकी श्रीमती स्वस्थानी रिजालको पारिश्रमिकलगायत व्यवसायबाट १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । तर, सोही अवधिमा रिजालले विभिन्न क्षेत्रमा ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।
रिजालले वैध रुपमा गरेको आम्दानी र खर्चको हिसाव गर्दा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको देखिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












