श्रद्धाञ्जली दिन पोखरा पुगेपछिः मन्त्री अधिकारीको स्थानमा बामदेव उम्मेदवार बन्दा कस्तो होला ?
काठमाडाैं । ताप्लेजुङको फुङलिङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रहेको भन्दै चाैतर्फी बहस सुरु भएको छ ।
सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरे भने, नेकपाका अध्यक्ष प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अन्य संवैधानिक निकायका प्रमुख दलका नेता थुप्रैले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मन्त्री अधिकारीको दाहसंस्कार पोखरामा गरिने भएपछि नेकपाले पार्टी प्रतिनिधिको रुपमा नेता बामदेव गाैतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका छन् । दुखद् घडिमा अरुकुरा कोट्याएर मानविय संवेदनामाथि खेलवाड गर्नु पनि मन्त्री अधिकारीमाथि अन्याय हुनसक्छ ।
वाइडबडी काण्डबारे भर्खरैमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले उनी दोषी नभएको भन्दै बोलेपछि विभिन्न शंका उत्पन्न भएका छन् ।
मन्त्री अधिकारीको निधन हुनु भन्दा प्रधानमन्त्रीले यहि बोली बोलेको भए के हुन्थ्यो ? आखिर किन बोलेनन् ? निधन भएपछि बोल्दा उनको परिवारलाई केहि राहत महशुस होला तर जनताले यसको उत्तर पक्कै खोज्नेछन् । भलै मन्त्री अधिकारी युवा नेता शालिन र सपना धेरै बोकेर हिड्ने नेताका रुपमा चिनिन्छन् । उनले तत्कालीन अधिराजकुमार पारस शाहका विरुद्ध आवाज उठाउने देखि विद्यार्थी आन्दोलन मार्फत कार्ड छुट गरेर यात्रा गर्ने कामको सुरुवात गर्ने नेता थिए ।
उनी निडर, साहसी र उर्जावान नेता थिए भन्ने कुरा विपक्षी दलका नेताहरुले समेत बोलेपछि पुनः यसलाई बन्न नपर्ला नै।
मन्त्री अधिकारीको श्रद्धाञ्जली सभामा नेता बामदेव गाैतम पोखरा पुगेपछि भने नेकपामा नयाँ तरङ्ग आउने कुरामा दुई मत छैन् । लामो समयसम्म प्रतिनिधिसभा सदस्य बन्ने रस्साकस्सीमा लागेका नेता गाैतमले अब उपनिर्वाचन मार्फत पोखरामा चुनाव त लड्दैनन् ? यो प्रश्न पेचिलो बन्दै गएको छ ।
नेता गाैतम पोखरामा पुगेर पोखरेली जनताको मनमा बस्ने कोसिस भने गरेका छन् । अन्ततः उनी नै नेकपाले पोखरामा उठाउने उम्मेदवार बन्न सक्छन् । नेकपाका एक नेताका अनुसार मन्त्री अधिकारीको सपना साकार पार्न बामदेव जत्तिको नेतालाई उपनिर्वाचन मार्फत पोखरामा स्थान दिइनुपर्छ ।
तर, नेकपाले शोकको घडिमा यस्तो निर्णय त नगर्ला तर, यसको उचित विकल्प भने यहि हो । मन्त्री अधिकारीको निधन भएपछि रिक्त भएको सांसद पदका लागि उपनिर्वाचन मार्फत नेता गाैतम नै उम्मेवदार बन्ने संभावनाको ज्वलन्त उदाहरण हो नेता गाैतम पोखराको श्रद्धाञ्जलीमा जानु । नेकपाका एक नेताले भने गाैतम जीलाई पोखरामा पठाइनु यसको प्रष्ठ संकेत हो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











