मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा
मेलम्ची । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी गरेका पूर्णबहादुर लामिछानेले कम्पनीसँग साढे सात महीनाको पारिश्रमिक नपाएको बताए । आफूले मजदूरी गरेको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि उनले आफ्नो पसिनाको मूल्य कसरी लिने भन्ने चिन्ता लागेको बताए ।
उनको समूहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महीनासम्मको भुक्तानी लिन बाँकी रहेको छ । परिवारको रोजी रोटी जुटाउन भिरमा झुण्डिएर ज्यान नै माया मारेर गरेको कामको ज्याला नपाएकोमा अर्का मजदूर गुरुप्रसाद दुलाले पनि दुखेसो गरे । कम्पनीले साढे पाँच महीनाको तलब नदिई गएको उनको भनाइ छ । मजदूरले आफूहरुको पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाको भएको बताएका छन् । आयोजनाले आफूहरुको पारिश्रमिक नदिई अर्को ठेकेदार छनोट गरेमा आयोजना अघि बढ्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।
मजदूर मात्र हैन सिएमसीले ठेक्का तोडेर गएपछि आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ता पनि मारमा परेका छन् । ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) लाई मात्र रु १६ करोड ५० लाख ३८ हजार ५०० भुक्तानी दिन बाँकी रहेको आपूर्तिकर्ता बताउँछन् । बाह्र सप्लायर्स तथा भेण्डर्स कम्पनीले ठेकेदारसँग उक्त रकम भुक्तानी लिन बाँकी रहेको सिएमसी पीडित सङ्घर्ष समितिले आइतबार मेलम्चीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आफू एक जनाले मात्रै कम्पनीसँग साढे चार करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको गिट्टी बालुवा आपूर्ति गर्दै आएका उत्तरकुमार श्रेष्ठले गुनासो गरे ।
ठेकेदार कम्पनीले ठेक्का छाडेर हिँडेपछि भुक्तानीका विषयमा प्रधानमन्त्री, खानेपानीमन्त्री र आयोजनाको कार्यकारी निर्देशकलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको अर्का आपूर्तिकर्ता राजकुमार भट्टराईले बताए । स्थानीय निर्माण सामग्रीका अतिरिक्त आफूले उपलब्ध गराएको डिजेलको रु १२ करोड ८० लाख भुक्तानी लिन बाँकी रहेको विष्णुमणि आचार्यको जिकिर छ । आचार्यका अनुसार रु साढे १६ करोडसहित ठेकेदार कम्पनी सिएमसीले रु एक अर्ब ५० करोड बढी भुक्तानी नगरी इटाली फर्केको हो ।
कम्पनीले भुक्तानी गर्नुपर्ने मजदूर, आपूर्तिकर्तालगायतको रकम मेलम्ची आयोजना वा सरकारले उपलब्ध गराउनुपर्ने पीडितको माग छ । “आयोजनाका कार्यकारी निर्देशकले सामान उपलब्ध गराउनु, भुक्तानीको जिम्मा आयोजनाको भयो भनी पटकपटक हामीसँग भनेका छन्”, एक आपूर्तिकर्ताले भने, “अहिले कम्पनीको जिम्मा भयो भनी आयोजना पन्छिन मिल्दैन ।”
पीडितले आफूहरुले पाउनुपर्ने रकम उपलब्ध नगराए आयोजनाको ‘साइट’ कार्यालयमा तालाबन्दी गर्नेलगायत चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि आएको सिएमसीले सुरुङको फिनिसिङ र हेडबक्सको काम बाँकी रहँदा पुस २ गते ठेक्का छाडेर हिँडेको थियो । छलफलबाट समाधान ननिस्केपछि १५ दिनको समयसीमा दिँदा पनि काममा नफर्केपछि सरकारले ठेक्का रद्द गरेको घोषणा गरेको थियो । ठेक्का रद्द भएपछि अब आयोजना कसरी अघि बढाउने भन्ने कुनै निर्णय हुन सकेको छैन ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












