विप्लवका पूर्वी कमाण्ड इन्चार्जले भने- पार्टी फुटाउन चलखेल सुरु भयो, अहिले वार्ताको औचित्य छैन्
काठमाडाैं । प्रतिबन्धित नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ले आफनो नाम जोडेर वार्ता गर्न विप्लवमाथि दबाब दिएको भनेर गलत समाचार प्रकाशन गरेको भन्दै क्रोध व्यक्त गरेका छन् ।
विरहीले भनेका छन्, अहिले वार्ताको कुनै औचित्य नै छैन् । पार्टीमा वार्ताका लागि कुनै ठोस छलफल नै भएको छैन् । पार्टीमा विभाजन ल्याउन विभिन्न तत्वले चलखेल गर्दै आएका छन् । यस्ता कुराको भ्रममा नपर्न जनतालाई आग्रह गर्दछु ।
केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित छ । विरहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











