प्रदेश १ र ३ को नाम कोशी र वाग्मती नामाकरण गर्न नेकपाको ह्वीप
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाटै निर्देशन पठाएको छ ।
स्रोतका अनुसार प्रदेश १ को नाममा नेकपाका सांसदहरु नै विभाजित भएर मतदानको अवस्था आउन लागेको भन्दै केन्द्रले हस्तक्षेप गरेको हो ।
संविधानतः प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्नुपर्ने हुन्छ । तर, प्रदेशका नेकपा नेताहरु आत्मनिर्णय गर्न नसकेपछि केन्द्रको आदेश पर्खनतिर लागेका छन् ।
नेकपा केन्द्रीय कार्यालयले औपचारिक वा लिखित निर्देशन नपठाए पनि पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिई प्रदेशको नाम कोशी र राजधानी बिराटनगर बनाउन भनेको हो । नेकपा प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।
स्रोतका अनुसार सोही प्रदेशमा घर भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाम र राजधानीमा चासो राखेपछि प्रदेश सभा सदस्यलाई हृवीप लगाएर भने पनि सोही निर्णय पारित गराउन लागिएको हो । प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेकाले उसले जे चाहृयो त्यही पारित हुने अवस्था छ ।
नेकपाभित्र पूर्वमाओवादी पक्षका सांसदहरु भने प्रदेश १ को नाम किरात राख्नुपर्ने पक्षमा थिए । खोटाङका रामकुमार राई लगायतका केही सांसदले त किरात प्रदेश नाम नराखिए बिद्रोह गर्ने चेतावनी समेत दिएका थिए । पूर्वएमालेका पनि कतिपय सांसद किरात-कोशी वा किरात-सगरमाथाको पक्षमा थिए ।
किरातमा सहमति नभए पनि सगरमाथा प्रदेश र इटहरी राजधानी राख्ने पक्षमा नेकपाका बहुमत सांसद भए पनि अन्ततः पार्टीले कोशी प्रदेश र बिराटनगर राजधानी कायम गर्न निर्देशन दिएको एक नेताले बताए ।
यद्यपि राजधानी भने सुनसरी र मोरङका १८ स्थानीय तह समेटेर वृहत विराटक्षेत्र भनिने र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालय अलग-अलग ठाउँमा राखिने सम्भावना रहेको स्रोतले बतायो ।
नेकपाभित्र प्रदेशको नाम र राजधानीलाई लिएर तीन दिनदेखि बैठक र छलफल भइरहेका थिए । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रदेश इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिएपछि अवस्था अर्कै भयो । यसप्रति नेकपाका सांसदहरुले असन्तुष्टि पोखेका छन् ।
यसैबीच प्रदेश ३ को नाम र राजधानीमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको निर्देशन नै अन्तिम हुने नेकपा स्रोतले जनाएको छ । प्रदेश राजधानी हेटौंडा नै कायम हुने लगभग निश्चित भएको छ । यसअघि नेकपाका अधिकांश सांसदले काभ्रे राजधानी भन्दै आए पनि काभ्रेमा राजधानी राखिने सम्भावित ठाउँ आइटी पार्कमा सुरक्षण मुद्रण स्थापना गर्ने निर्णय भइसकेको छ ।
नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्ड राजधानी हेटौंडाबाट सारेर पुनः आन्दोलन निम्त्याउन चाहँदैनन् । हेटौंडा नेकपाको राजनीतिक गढ भएकाले पनि पार्टीलाई असर पर्ने गरी हेटौंडाबाट राजधानी सार्ने पक्षमा छैनन् । स्रोतका अनुसार अध्यक्ष ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई राजधानी हेटौंडा नै प्रस्ताव गर्न ‘अनुमति’ दिइसकेका छन् ।
प्रदेश ३ को नाममा भने अझै पनि बहस चलिरहेको छ । नेकपा स्रोतका अनुसार प्रदेशको नाम अन्य प्रदेशमा जस्तै नदीबाटै राखिने सम्भावना छ । त्यसो भएमा ३ नम्बर प्रदेशको नाम बागमती हुनेछ । यद्यपि नेकपाकै कतिपय सांसदले ताम्सालिङ, नेपाल मण्डल लगायतका नामहरु प्रस्ताव गरेका छन् ।
प्रदेश १ र ३ दुबैमा प्रतिपक्षी बेञ्चमा रहेको नेपाली कांग्रेस भने राजधानी र नामका विषयमा मौन बसेको छ
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











