पर्यटकीय गन्तब्यका लागि गएको बजेट चरम दुरुपयोग गर्दै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका
रुकुम पूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्यटन मन्त्रलयबाट गएको बजेटको दुरुपयोग गर्दै गन्तव्य मोडेर बाटो खन्न थालेपछि स्थानियले अवरोध गरेका छन् ।
सरकारले पर्यटकिय गन्तब्य पहिचान गर्दै बाटो निर्माण गर्न भन्दै चालु आर्थिक वर्ष २०७५ मा २५ लाख बजेट उपलब्ध गराएपनि गाउँपालिका अध्यक्षसहित सरकारी कर्मचारी प्राविधिक मिलेर बाटोको ट्याक नै अन्यत्र सार्न खोजेपछि पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का स्थानिय युवासहित निर्वाचित वडा सदस्य मग कामीले विरोध जनाएका हुन् ।
पर्यटन मन्त्रालयले २०७५/०९/११ मा २५ लाख बजेट विनियोजन गरेर पर्यटकिय गन्तब्यको पहिचानसहित बाटो निर्माण गर्न गाउँपालिकालाई अख्तियारी दिएपनि त्यहास्तित सरकारी कर्मचारी लगायत अन्य जनप्रतिनधि लगायतका व्यक्तिहरुले सुचना लुकाएर २०७५/१२/१५ मात्रै गाउँपालिकामा गोप्य दर्ता गराएको पाइएको हो ।
प्रशासनिक अधिकृतले रबिन्द्र बुढाथोकीले बजेटको कार्यान्वयन गर्नु भन्दा पहिले आफूअनुकुल वातावरण नमिलेसम्म सार्वजनिक गर्नु पर्ने सुचना लुकाएर जनतालाई गुमराहमा पार्न खोजेको भन्दै स्थानिय आक्रोसित बनेका हुन् । लेखापाल शिबराम खड्का र प्राबिधिक समेत संलग्न रहेर बजेटलाई दुरुपयोग गर्न खोजेको आरोप वडा सदस्यले कामीले लगाउदै आएका छन् ।
वडा सदस्य कामीको नेतृत्चमा वनेको विरोध समितिले बाटो खन्ने भन्दै बजेट हिनामिना गर्ने षडयन्त्र भएको दाबी गर्दै आएका छन् ।
जुनाङ-दोगादी-चालिके पुथावनलाई नयाँ पर्यटकिय गन्तब्यको रुपमा चित्रन गर्दै आएको अवस्थामा अहिले गाउँपालिका अध्यक्ष ओमप्रकास घर्तीले हान्पा देखि दुले भन्ने ठाँउमा गोरेटो बाटोलाई खन्ने काम बएको भन्दै त्यसको विरोध गर्नु परेको कामीले वताएका छन् ।
पुपाल युबा क्लबका अध्यक्ष समेत रहेका भरत कुमार पुनको नेतृत्चमा उपभोक्ता समिति गठन गरेर एकलाैटी गर्न खोजेको भन्दै स्थानिय कल्यान पुन, टिका पुन र कवराज विकले नयाँ समिति गठन गरेर नयाँ गन्तब्यमा बाटो खन्ने काम नभएसम्म अवरोध कायम राकी राख्ने दाबी गरे ।
पर्यटन मन्त्रालयले दिएको म्यान्डेट अनुसार काम नभएको भन्दै विरोधमा उत्रिएका स्थानियहरुले पर्यटकिय गन्तब्यको पहिचान गरेर रुकुम पूर्वलाई पर्यटकिय गन्तब्य बनाउनुको सट्टा स्वार्थमा सिमित रहेका केहि मान्छेका कारण विरोध गर्नु परेको जनाउदै आएका छन् ।
वडा सदस्य कामी नेतृत्वको समूहले नयाँ समिति गठन गरेर पर्यटकिय गन्तब्यको पहिचान गर्दै नयाँ कार्यसमिति गठन गरेर मात्रै काम गर्ने वातावरण बनेमा बाटो खन्ने काम सुरु हुने जनाएका छन् । उनीहरुका अनुसार, गाउँपालिका अध्यक्ष ओम प्रकाश घर्ती, अधिकृत रबिन्द्र बुढाथोकी, लेखापाल शिबराम खड्का, प्रबिधिक र पुपाल युवा क्लबका अध्यक्ष भरत कुमार पुनको मिलोमतोमा बजेटको दुरुपयोग हुन लागेको हो ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











