बिग मर्जरको नाममा सामान्य कामका लागि बैंकका म्यानेजरलाई चाकडी गर्ने अवस्था नआओस भन्ने होः सरोजकाजी तुलाधार
काठमाडाैं । बैंक तथा वित्तिय संस्थाले तिर्ने ३० प्रतिशतबाट घटाउनुपर्छ भन्ने नै हो । हामीले लिखित रुपमा अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसमक्ष नबुझाएको भए पनि बैंक/ वित्तिय संस्थाले तिर्नुपर्ने आयकर ३० प्रतिशत धेरै भयो ।आगामी आर्तीक वर्षको बजेटले यसलाई घटाउने सन्दर्भमा सम्बोधन गर्नुपर्छ भन्ने हो ।
पछिलल्लो समयमा बैंक/वित्तिय संस्थाको संख्या धेरै भयो बिग मर्जरको माध्यमबाट यसलाई घटाउनुपर्छ भनिएको छ । त्यसको लागि बजेटले पनि आवश्यक सम्बोधन गर्नुपर्छ भनिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बिग मर्जरको नीति लिन्छ भने त्यो राष्ट्रिय नीति हुन्छ । राष्ट्रिय नीतिमा कुनै एक बैंक/वित्तिय संस्था सपोर्ट नगर्ने भन्ने हुँदैन । अर्थतन्त्रको आकारअनुसार बैंक/वित्तिय संस्था धेरै भएका हुन र घटाउने हो भने फाइनान्स कम्पनीहरुले पनि सहयोग गर्छन् । तर, हाम्रो अर्थतन्त्रका लागि कति बैंक/वित्तिय संस्था आवश्यक हो त? अर्थतन्त्रको आकारअनुसार यति नै बैंक/वित्तिय संस्था हुनुपर्ने भन्ने कुनै अध्ययन अनुसन्धान भएको पनि छैन् । त्यसका लागि पहिलो हाम्रो अर्थतन्त्रका लागि कति वित्तिय संस्था आवश्यक हो त्यसको अध्ययन गरेर नीति ल्याउदा उपयुक्त हुन्छ ।
अहिले बिग मर्जर भनेर नीति ल्याउने अनि विगतमा जस्तो २-३ वटामात्र बैंकको संख्या कायम गर्ने अनि निक्षेप राख्न तथा कर्जा लिन, एलसी खोल्नका लागि बैंकका म्यानेजरलाई चाकडी गर्नुपर्ने अवस्था आउन भएन । त्यसैले बैकिङ क्षेत्रका ग्राहकलाई पनि हेरेर नीति ल्याउनुपर्छ । संस्था ठूला बनाउने होसले बैंकिङ क्षेत्रका ग्राहक बाहिरिन नपरोस भन्ने हो ।
बिग मर्जरको कुरालाई सरकारी स्वामित्वका बैंकहरुबाटै सुरु गर्दा पनि हुन्छ भन्ने पनि आएको छ । त्यसको सट्टा सरकारी बैंकहरुले नेतृत्व लिएर नीजि क्षेत्रका तीन-तीनवटा बैंकलाई लिए भइहाल्यो नी । सरकारले इक्युटी लगानी गरेका बैंकले नेतृत्च लिएर अहिलेको बिग मर्जर अघि बढाँउदा उपयुक्त हुन्छ ।
पछिल्लो समयमा बैंकिङ प्रणालीमा स्रोत अभावको समस्या बढ्दै गएको छ । बजेटले वित्तिय प्रणालीको तरलता र व्याजदरलाई पनि सम्बोधन गर्ने भन्दा पनि सरकारी खर्च बढाउने विषयमा केन्द्रित भयो भने स्रोत अभावको समस्या सहज हुन्छ । त्यसका साथै वित्तिय क्षेत्रको व्याजदर सम्बन्धमा पनि अर्थ मन्त्रतालयमा व्यवसायीहरु पुगेको सुनिन्छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको कार्य क्षेत्रलाई हस्तक्षेप गर्ने हो भने केन्द्रिय बैंकलाई अर्थ मन्त्रालयको एउटा शाखा बनाए भइहाल्यो नि । त्यसैले बजेट माैद्रिक नीतिको काम केन्द्रिय बैंकलाई नै गर्न छोड्नुपर्छ । अहिलेका अर्थमन्त्री विगतकाले भन्दा वित्तिय प्रणालीलाई बुझेको हुनुहुन्छ त्यसैले राजनीतिक दबाब आएको खण्डमा पनि व्याजदरको सन्दर्भमा माैद्रिक नीिलाई नै छोड्नु हुन्छ भन्ने लाग्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












