पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ: प्रचण्ड
काठमाडाैँ । पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र हामी सबै कुरा टुंग्याउँछौं’, उनले भने, ‘यही साउन महिनाभित्र नै पार्टी एकताका रयलपयल काम पनि टुंग्याउन बाँकी रहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार बिहान किर्तिपुरको चम्पादेवीमा आयोजनाको गरेको कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले सुझबुझपूर्ण ढंगले सञ्चालन गरिएको जनयुद्ध र जनआन्दोलनको बलले नै मुलुकमा गणतन्त्र स्थापना भएको बताए।
‘पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र हामी सबै कुरा टुंग्याउँछौं’, उनले भने, ‘यही साउन महिनाभित्र नै पार्टी एकताका रयलपयल काम पनि टुंग्याउने, स्थायी समिति र केन्द्रीय समितिको बैठक पनि बस्ने हाम्रो लक्ष्य छ।’
प्रचण्डले केन्द्रीय समितिको बैठकबाट देशव्यापी अभियानमा जाने कार्यक्रम तय हुने बताए।
नेकपाको स्थायी समिति गत मंसिर २९ देखि पुस १३ सम्म बसेको थियो। पार्टी विधानमा स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने प्रावधान छ। त्यस्तै, ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक पनि अघिल्लो जेठमै बसेदेखि फेरि बसेको छैन।
‘यो एक वर्षमा पार्टी एकता ढिला भयो, कार्यविभाजन ढिलो भयो, हजारौं कार्यकर्ताले काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने जुन चिन्ता थियो। त्यो चिन्तालाई दूर गर्ने, कार्यकर्ता आम रुपमा उत्साही गर्ने, जनतालाई उत्साही गर्ने र सरकारका कामलाई सुशासन र विकासमा एउटा मोडल तयार गर्नेगरी जानु छ’, प्रचण्डले भने।
आफूहरुले पुष्पलालले देखेको सपना जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको प्रचण्डले दाबी गरे।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












