सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै
झापा । देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ ।
देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा पुरुषको तर्फबाट सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधानपछि महिलाकै हाराहारीमा पुरुषको तर्फबाट मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
गत आव २०७४÷७५ बाट जिम्मेवारी सरेर आएकासमेत गरी आव २०७५÷७६ मा चार हजार ६६५ वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएका थिए । दर्ता भएकामध्ये दुई हजार ६८३ मुद्दा फैसला भइसकेका छन् । सम्बन्धविच्छेदका मात्र ४०३ वटा मुद्दा फछ्र्योट भइसकेको अदालतका श्रेस्तेदार खनालले बताए ।
सम्बन्धविच्छेद मुद्दामा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दालाई एक वर्षसम्म नटुङ्गिने भएकाले सकेसम्म दुवै पक्ष मिलेर जाउन भन्ने उद्देश्यले सम्बन्धविच्छेदको हकमा ८० प्रतिशत मुद्दा मेलमिलापबाट नै टुङ्गो लगाइएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको वरिष्ठ अधिवक्ता तथा झापा बार एकाइका अध्यक्ष लेखनाथ निरौलाले बताए । उनले अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि यसको सङ्ख्यामा वृद्धि भएको बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











