जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधारमा सहयोग
पोखरा । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ ।
वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।
मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।
बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उनले बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











