सभमुखमा अग्नी सापकोटा नै किन ?
काठमाडाैं । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार सिफारिस गर्न कार्यकारी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । त्यसपछि दाहालले राजनीतिक पृष्ठभूमि र समन्वयकारी छविका कारण स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखकोउम्मेदवार तय गर्नुपर्ने प्रस्ताव गरेका थिए । दाहालको प्रस्ताव आएलगत्तै केही सचिवालय सदस्यले सर्वोच्च अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे कुरा उठाएका थिए । ‘द्वन्द्वकालीन मुद्दाकै कुरा गर्ने हो भने त मेराविरुद्ध पनि छन्, बादलजीविरुद्ध पनि छन्,’ दाहालले जवाफ दिए, ‘त्यो द्वन्द्वकालीन मुद्दा भएको र त्यसको हल संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले गर्ने भएकाले त्यसमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’
उनले उजुरीकर्ता नै सत्य निरूपण तथा मेलमिलाप आयोगबाट मुद्दाको किनारा लगाउने विषयमा सहमत भएको ब्रिफिङ गरेका थिए । ‘अब अप्ठ्यारो हुन्न भन्ने तपाईंलाई लागेको छ भने समर्थन नै छ,’ ओलीले दाहाललाई भनेका थिए ।
यसकारण सापकोटा सभामुख !
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पूर्वमाओवादी पक्षका धेरै नेताले सभामुखमा दाबी गरिरहेका थिए तर अध्यक्ष दाहालको पहिलो रोजाइ सापकोटा थिए । उनले सापकोटालाई आगामी सभामुखका लागि तयारी अवस्थामा बस्नसमेत भनिसकेका थिए । ‘यसका पछाडि दुईवटा कारण छन्,’ दाहालनिकट स्रोत भन्छ, ‘एक, सापकोटा अध्यक्ष कमरेडको सबैभन्दा निकट पात्र हुन्, द्वन्द्वकालीन मुद्दाकै कारण पार्टीमा योगदान गरेका नेताहरू कहिलेसम्म पछि परिरहने भन्ने उहाँको भनाइ थियो ।’
सापकोटालाई सभामुखमा अघि सारेर दाहाल द्वन्द्वका बेला भएका घटनालाई एउटा समझदारीमा टुंग्याउनुपर्छ भन्ने संकेत पनि दिन चाहन्थे । ‘यही पृष्ठभूमि बनाउन उहाँले टुँडिखेलबाटै सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजारको जिम्मेवारी लिन तयार छु भन्नुभएको हो,’ स्रोतको दाबी छ, ‘सशस्त्र संघर्षकालीन घटनाबाट अहिले शक्तिमा रहेका अधिकांश नेता अछुतो छैनन् भन्ने सन्देश उहाँले दिन चाहनुभएको हो ।’
यिनै तयारीका कारण सभामुख चयनका बेला देखिएका संघर्ष र भएका वादविवादमा सापकोटा कतै सहभागी भएनन् । यसबीचमा भएको नेकपा स्थायी कमिटी बैठकमा समेत उनले सन्तुलित अभिव्यक्ति दिएका थिए । ०५२ मा सशस्त्र संघर्ष थालेर ०६२/६३ पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पक्षबाट सभामुख हुने सापकोटा तेस्रो नेता हुन् । यसअघि ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद्को नेतृत्व लिइसकेका छन् । यो समाचारत आजको कान्तिपुर दैनिकमा छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












