सभमुखमा अग्नी सापकोटा नै किन ?
काठमाडाैं । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार सिफारिस गर्न कार्यकारी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । त्यसपछि दाहालले राजनीतिक पृष्ठभूमि र समन्वयकारी छविका कारण स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखकोउम्मेदवार तय गर्नुपर्ने प्रस्ताव गरेका थिए । दाहालको प्रस्ताव आएलगत्तै केही सचिवालय सदस्यले सर्वोच्च अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे कुरा उठाएका थिए । ‘द्वन्द्वकालीन मुद्दाकै कुरा गर्ने हो भने त मेराविरुद्ध पनि छन्, बादलजीविरुद्ध पनि छन्,’ दाहालले जवाफ दिए, ‘त्यो द्वन्द्वकालीन मुद्दा भएको र त्यसको हल संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले गर्ने भएकाले त्यसमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’
उनले उजुरीकर्ता नै सत्य निरूपण तथा मेलमिलाप आयोगबाट मुद्दाको किनारा लगाउने विषयमा सहमत भएको ब्रिफिङ गरेका थिए । ‘अब अप्ठ्यारो हुन्न भन्ने तपाईंलाई लागेको छ भने समर्थन नै छ,’ ओलीले दाहाललाई भनेका थिए ।
यसकारण सापकोटा सभामुख !
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पूर्वमाओवादी पक्षका धेरै नेताले सभामुखमा दाबी गरिरहेका थिए तर अध्यक्ष दाहालको पहिलो रोजाइ सापकोटा थिए । उनले सापकोटालाई आगामी सभामुखका लागि तयारी अवस्थामा बस्नसमेत भनिसकेका थिए । ‘यसका पछाडि दुईवटा कारण छन्,’ दाहालनिकट स्रोत भन्छ, ‘एक, सापकोटा अध्यक्ष कमरेडको सबैभन्दा निकट पात्र हुन्, द्वन्द्वकालीन मुद्दाकै कारण पार्टीमा योगदान गरेका नेताहरू कहिलेसम्म पछि परिरहने भन्ने उहाँको भनाइ थियो ।’
सापकोटालाई सभामुखमा अघि सारेर दाहाल द्वन्द्वका बेला भएका घटनालाई एउटा समझदारीमा टुंग्याउनुपर्छ भन्ने संकेत पनि दिन चाहन्थे । ‘यही पृष्ठभूमि बनाउन उहाँले टुँडिखेलबाटै सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजारको जिम्मेवारी लिन तयार छु भन्नुभएको हो,’ स्रोतको दाबी छ, ‘सशस्त्र संघर्षकालीन घटनाबाट अहिले शक्तिमा रहेका अधिकांश नेता अछुतो छैनन् भन्ने सन्देश उहाँले दिन चाहनुभएको हो ।’
यिनै तयारीका कारण सभामुख चयनका बेला देखिएका संघर्ष र भएका वादविवादमा सापकोटा कतै सहभागी भएनन् । यसबीचमा भएको नेकपा स्थायी कमिटी बैठकमा समेत उनले सन्तुलित अभिव्यक्ति दिएका थिए । ०५२ मा सशस्त्र संघर्ष थालेर ०६२/६३ पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पक्षबाट सभामुख हुने सापकोटा तेस्रो नेता हुन् । यसअघि ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद्को नेतृत्व लिइसकेका छन् । यो समाचारत आजको कान्तिपुर दैनिकमा छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












