‘आज मेरो रिस मरिसक्यो हिजो मैले कर्मा छिरिङलाई पनि झापड हान्थेँः मनाङ्गे
‘यो मान्छे नामुद ठग रै'छ, मैले एक झापड हान्दिएँः मनाङ्गे
काठमाडाैँ । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको प्रतिक्रिया दिएका छन्।
बुधबार पोखरामा पत्रकारसम्मेलन गरेर मनाङेले ठगलाई सबक सिकाउन झापड हानेको प्रतिक्रिया दिएका हुन्। ‘यो मान्छे नामुद ठग रै’छ। मैले एक झापड हान्दिएँ,’ उनले भने, ‘मुख्यमन्त्री कप भइरहेको छ।
यसलाई मुख्यमन्त्रीले हान्नुपर्ने मैले पो हानेँ।’ मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनअघि उनीहरू दुईबीच भनाभन भएको थियो। सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए।
‘झापड हान्न हुन्थेन भनेर धेरैले सोधे। ए बाबा झापड हान्ने कुनै निकाय हुन्छ’ उनले भने। ‘मलाई यसलाई कुट्दा राम्रो लागेको छ,’ उनले भने, ‘ठग्नेलाई कुट्दा मजा लाग्छ। उसले प्रहरीकोमा जाहेरी दिए, ५० वटा जाहेरी दिन्छु।’
उनले हिजो एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई नभेटेर नकुटेको प्रतिक्रिया पनि दिए। ‘आज मेरो रिस मरिसक्यो हिजो मैले कर्मा छिरिङलाई हान्थेँ, अनि उही कर्माले बनाएको ठग अध्यक्ष पर्यो।’
उनले एन्फाका अध्यक्ष गुरुङले गत वर्ष भएकाे मनकामना केबलकार कपका विजेताहरूलाई पुरस्कार नदिएकाे आराेप पनि लगाए। त्यस्तै उनले खेलकाे टाइसेट बनाउँदा मिलिमताे गरेकाे आराेप पनि लगाए। ‘टाइसेट बनाउने पनि नियम हुन्छ। एन्फाका जिल्लाका अध्यक्षहरू बसेर बनाउनु पर्छ उसले एकलाैटी बनाएकाे छ,’ उनले भने, ‘टाइफिक्सिङ पहिलाे पटक देख्दै छु।’
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











