सरकारी निवासमा मदिरा पार्टी गुरुङ संस्कार अनुसारः मुख्यमन्त्री सचिवालय
मुख्यमन्त्रीज्यूको जन्म दिनको अवसरमा पाहुनालाई खानाको प्रबन्ध गरिएको होः मुख्यमन्त्रीको सचिवालय
काठमाडाैँ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मुख्यमन्त्री गुरुङले मदिराको बोत्तल नै बोकेको फोटो र भिडियो सामाजिक सञ्जालमा लिक भएपछि उनको चर्को आलोचना भइरहेको छ। सरकारी ओहदाको दुरुपयोग गरेको आरोप लागिरहेका बेला मुख्यमन्त्री सचिवालयले भने यो विषयलाई अतिरञ्जित गरिएको भन्दै खण्डन गरेको छ।
मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनु भएको सन्दर्भमा पाहुनालाई खानाको प्रबन्ध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन रहेकोले निवासमा साँझ पारिवारिक जमघट गरिएको थियो।’
त्यस्तै निवासमा भएको पारिवारिक जमघटलाई सरकारी कार्यकक्षमै मदिरा पिएको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण भएको विज्ञप्तीमा उल्लेख छ।
‘गुरुङ जातिको संस्कार अनुसार पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











