सवा करोड डलर अनुदान शर्त पूरा गरेपछि पाइएको हो:सीजी टेलिकम
काठमाडौं । सीजी कम्युनिकेसन्सले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सीजी टेलिकाले विगतमा सरकारबाट लिएको अनुदान रकम दरुपयोग गरेको आरेाप लगाउँदै छानविन गर्ने बताएका थिए ।
सीजीले यो रकम तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको बताएको छ । सीजी टेलिकमले सन् २०१३ मा मात्र एसटीएम खरिद गरेको हो ।
‘हाम्रो अध्ययनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित दूरसञ्चार क्षेत्र सुधार परियोजनाअन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको हो,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ,’ विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्दछ । त्यसको नियमन र सुपरीवेक्षणमा पनि निश्चित मापदण्ड तय गरेको हुन्छ । यो अनुदान उपहार दिइएको होइन ।’
सीजीले शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरेको देखिएको बताएको छ ।
‘एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अपि्रल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो,’ चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












