सवा करोड डलर अनुदान शर्त पूरा गरेपछि पाइएको हो:सीजी टेलिकम
काठमाडौं । सीजी कम्युनिकेसन्सले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सीजी टेलिकाले विगतमा सरकारबाट लिएको अनुदान रकम दरुपयोग गरेको आरेाप लगाउँदै छानविन गर्ने बताएका थिए ।
सीजीले यो रकम तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको बताएको छ । सीजी टेलिकमले सन् २०१३ मा मात्र एसटीएम खरिद गरेको हो ।
‘हाम्रो अध्ययनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित दूरसञ्चार क्षेत्र सुधार परियोजनाअन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको हो,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ,’ विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्दछ । त्यसको नियमन र सुपरीवेक्षणमा पनि निश्चित मापदण्ड तय गरेको हुन्छ । यो अनुदान उपहार दिइएको होइन ।’
सीजीले शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरेको देखिएको बताएको छ ।
‘एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अपि्रल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो,’ चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











