कोरोना भाइरसबाट जोगिन के गर्नुपर्छ?
काठमाडाैँ । विश्व स्वास्थ संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै दक्षिणतर्फको छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोना बिरुद्ध उच्च सतर्कता अपनाइएको छ ।
यो खतरनाक भाइरसबाट अहिलेसम्म करिब तीन हजारभन्दा बढीको निधन भइसकेको छ भने ९० हजार भन्दा बढी संक्रमित भएका छन् ।
सबैभन्दा समस्याको विषय के छ भने अहिलेसम्म यसको उपचार पत्ता लाग्न सकेको छैन । चीनपछि यो भाइरसले ईरान, हङकङ, जापान, इटली, अमेरिकासहित दर्जनौं देशहरुलाई चपेटामा पारिसकेको छ ।
भारतमा गत सोमबारमात्र कोरोना भाइरसका दुई नयाँ बिरामी देखा परे । एउटा दिल्लीमा तथा अर्को तेलंगानामा । भारतमा अहिलेसम्म कुल ५ जना बिरामीमा यो भाइरस भेटिएको पुष्टि भइसकेको छ ।
नेपालमा यसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि नै विभिन्न कडा कदमहरु चाल्न थालेको छ । त्यसलाई आम नागरिकले व्यवहारमा उतारेर भाइरसको संक्रमणबाट जोगिन सक्ने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ संगठनको एड्भाइजरीका अनुसार दैनिक जीवनमा हामीले यदि सानो–साना काम गरिरह्यौं भने संक्रमणको खतरा निकै कम हुने देखिन्छ ।
नियमित रुपले हात धुने
दिनमा कति पटक नियमित रुपले साबुन र पानीले हातलाई कम्तिमा २० सेकेण्डसम्म धुनुपर्छ । ब्याक्टेरिया मार्ने क्षमता भएको राम्रो सेनेटाइजरको समेत उपयोग गर्न सकिन्छ । यसो गर्नाले हातहरुमा भएका भाइरसहरुबाट सजिलै छुटकारा मिल्छ ।
उचित दुरी बनाउने
आफ्नो वरपरका मानिसहरुबाट कम्तिमा तीन फिटको दुरी बनाइरहने कोसिस गर्नुपर्छ । खासगरी त्यस्ता व्यक्तिसँग, जसलाई रुघा अथवा खोकी लागेको छ । जब कुनै व्यक्तिले खोक्छ अथवा हाछ्युँ गर्छ । त्यसबाट हावामा भाइरस फैलिन्छ । यदि तपाईं अत्यन्त नजिक रहनुभयो भने स्वासमार्फत् उक्त भाइरस तपाईंको शरीरमा सजिलै प्रवेश गर्नसक्छ ।
नाक, मुख र आँखालाई पटक–पटक नछुने
प्राय: हामी आफ्नो नाक, मुख तथा आँखालाई पटक–पटक छोइरहन्छौं । त्यस्तो गर्नुहुँदैन । हाम्रो हत्केलाले थुप्रै प्रकारका वस्तुहरु छोइरहेको हुन्छ । त्यस्तो बेला हत्केलामा भाइरस समेत सर्नसक्छ । दुषित हत्केलामार्फत् भाइरस नाक, मुख तथा आँखामार्फत् शरीर भित्र पस्न सक्छ ।
हाछ्युँ गर्दा टिस्युको प्रयोग
आफ्नो वरपर कत्तिको सफा छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । ध्यान दिनुपर्ने अर्काे कुरा भनेको हाछ्यूँ गर्दा अथवा खोक्दा नाक तथा मुखलाई टिस्यूले छोप्नुपर्छ र तुरुन्त उक्त टिस्यूलाई डस्टबिनमा फ्याँक्नुपर्छ । हाछ्यूँ गर्दा निस्कने तरल पदार्थमा थुप्रै भाइरसहरु हुनसक्छन् र ती तीब्र गतिमा फैलन सक्छन् ।
ज्वरो, रुघा–खोकीलाई हल्का रुपमा नलिने
यदि तपाईंलाई ज्वरो, खोकी अथवा श्वास फेर्न समस्या भइरहेको छ भने तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । यसका साथै त्यस्तो भएको छ भने बढीभन्दा बढी घरमै बस्ने कोसिस गर्नुपर्छ । डाक्टरसँग सकेसम्म छिटो भेट्नाले बिरामीलाई समयमै पहिचान गर्न सकिन्छ ।
कोरोनाबाट जोगिन एउटा व्यक्तिले के गर्न सक्छ?
कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत तवरबाट पनि हामीले केही साना तर महत्वपूर्ण कुरामा ख्याल पुर्याउनु पर्छ।
पहिलो सचेतता भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो। रूघा लागेको मानिससँग कम्तिमा १ मिटरको दूरी कायम राख्नुपर्छ।
आफूलाई खोकी लागेको छ भने मास्क लगाउनुपर्छ। सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ। मास्क छैन भने कुइनोले हात छेकेर हाछ्युँ गर्नुपर्छ, त्यस्तो गर्न सम्भव नभए हातले छेकेर गर्नुपर्छ। तर त्यसपछि हात धोइहाल्नुपर्छ।
सबैले बेला बेलामा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ। हात धुँदा कम्तिमा २० सेकेन्ड सबैतिर साबुन लगाएर मिच्नुपर्छ। यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ। हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ।
काठमाडौंमा पनि कोरोना फैलिन लागेको छ कि भन्ने धेरैलाई डर छ। यस्तो बेलामा सबैभन्दा बढि वृद्धवृद्धालाई जोगाउनु पर्छ। उनीहरूका अगाडि आफूले हाछ्युँ नगर्ने र सकेसम्म भीडभाडमा नलैजान गर्नुपर्छ।
अनावश्यक रूपमा हात मिलाउनु हुँदैन। सकेसम्म नेपाली नमस्कार गर्ने अथवा नछोइकन अरु अभिवादन गर्नु राम्रो हो। हातले मुख, नाक, आखा छुने काम गर्नु हुँदैन। धेरै नेपालीको यो बानी रहेको छ जसलाई हटाउन जरूरी छ।
होलीमा के गर्ने?
फागु पूर्णिमा आउँदैछ। यो बेला रंगको प्रयोग गर्दा होसियारी अपनाउन जरूरी छ। फोहोर पानीमा रंग प्रयोग भएको छ भने त्यसले असर गर्छ। मुखमा पर्यो भने पेटसम्बन्धी समस्या आउन सक्छ। छाला र आँखामा एलर्जी हुन सक्छ।
होली खेल्दा सिधा सम्पर्क हुने र शरीरमा छुने गरिन्छ। रूघाखोकी लागेको मान्छेलाई अनुहारमा रंग पोतियो भने आफ्नो हातमा र्याल लाग्न सक्छ। त्यसले पनि संक्रमण बढ्न सक्छ। होली नै नखेल्ने भनेर त म भन्दिनँ तर राम्रोसग साबुन पानीले हात भने धुनैपर्छ।
ठूलो संख्यामा भेला नहुनेलगायत काम गर्नु हुँदैन तर ४-५ जना मान्छे भेला भएर होली खेल्दैमा केही बिग्रदैँन। रूघाखोकी लागेकाले भने होली खेल्नै हुँदैन।
अहिले कोरोनाको ‘केस’हरू देखिएका छैनन्। ‘केस’ देखिए पनि त्रास गरेर हुँदैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही परीक्षणहरू दिन्दिनै भइराखेकै हुन्छ। हामीले अस्पतालबाट दिन्दिनै केही पठाइराखेकै हुन्छौं तर अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसले छोएको प्रमणित भएको छैन।
अझै पनि हामीले परीक्षणको दायरा बढाउनु पर्छ। त्यति भन्दाभन्दै अहिलेसम्म नदेखिएकाले तत्कालै आत्तिहाल्नु पर्दैन।
अहिले देखिएको कोरोना भाइरस नयाँ हो। यसले मानिसलाई कस्तो व्यवहार गर्छ भन्ने थाहा भइसकेको छैन। चिसोमा बढी र गर्मी लागेपछि कम भए त सबैको लागि राम्रो हुन्थ्यो।
सिंगापुर नेपालभन्दा बढी गर्मी हुने ठाउँ हो त्यहाँ पनि कोरोना देखिएको छ। मेरो अनुमानमा गर्मी बढेपछि यसको प्रभाव केही कम हुन्छ होला तर तर पूरै हराउँदैन।
सरकारले के गर्नुपर्छ?
साँच्चै कोरोना भाइरसको केसहरू बढ्यो भने नियन्त्रणको तरिका बदल्नु पर्छ। अहिले सीमामा नियन्त्रण गर्ने, कोरोना संक्रमितलाई नेपालभित्र प्रवेश गर्न नदिने,२-४ जनालाई देखियो भने त्यसलाई उपचार गर्ने अनि उसको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइन गर्ने गरेका छौं। यसलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ।
धेरै जनामा संक्रमण देखिन थालेपछि २-४ जनालाई क्वारेन्टाइन गरेर अस्पतालमा उपचार गरेर सम्भव छैन। किनभने त्यो अवस्थामा सबैलाई फैलिन्छ त्यस्ता बिरामी धेरै हुन्छन्। त्यो बेला हामीले एकदमै सिकिस्त लक्षण भएका मान्छेलाई मात्रै अस्पतालमा लैजाने र ‘सेल्फ आइसोलेसन’ गर्ने गर्नुपर्छ। त्यस्तो अवस्था आयो भने जमघटमा नजाने, सरकारले सिनेमा हलहरु बन्द गर्न पर्ने हुनसक्छ। तर अहिलेनै हामी त्यो अवस्थामा छैनौं।
अहिले सरकारले पनि चुस्तता देखाएको छ। सीमा नाकामा स्क्रिनिङ गर्ने, बाहिरबाट आउनेसँग सतर्कता अपनाउने गरेको छ। सँगै स्वास्थ्यकर्मीलाई मास्क र व्यक्तिगत सुरक्षाका सामाग्रीको अभाव छ।
केसहरू देखिन थाल्यो भने मौज्दात मास्कले पुग्दैन त्यसैले यसको उत्पादन बढाउन पर्छ। त्यसको लागि सरकारले औद्योगिक क्षेत्रलाई, विभन्न खालका ‘इनोभेसन’ गर्ने संस्था र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थालाई बोलाएर मास्क बनाउन के गर्न सकिन्छ भनेर योजना बनाउन जरूरी छ।
संक्रमण हुन नदिन गर्नुपर्ने काम धेरै छ।अक्सिजनको सप्लाई चाहिन्छ, औषधी चाहिन्छ। चीनबाट धेरै औषधीको कच्चा पदार्थ आउँछ तर अहिले यो क्रम रोकिन थालेको छ जसले गर्दा यहाँ बन्ने औषधीको अभाव हुन सक्छ। त्यसैले यसको मौज्दात राख्ने अथवा स्टक राख्नेमा विचार गर्नुपर्छ। थुप्रो मानिसलाई सघन उपचार चाहिन सक्छ। यसलाई कसरी बढाउन सकिन्छ भनेरसमेत गृहकार्य गर्न जरूरी छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












