उदयपुरमा भेटिएका १२ संक्रमितसँग सम्पर्क गरेका व्यक्ति खाेज्दै प्रहरी, भुल्के क्षेत्र सिल
जनकपुर । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई सिल गरिएको छ ।
शुक्रबार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिबार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । संक्रमित १२ जनालाई तीनवटा एम्बुलेन्समा र अन्य चार जनालाई अर्कै एम्बुलेन्समा राखेर भुल्केबाट राति विराटनगर पठाइएको एसपी बुढामगरले जानकारी दिए ।
संक्रमितहरू सबै तबलिकी जमातिहरू रहेको भन्दै त्रियुगा नगरपालिकाको मुस्लिम समुदायको बाक्लो बस्तीहरूमा पनि तिनीहरूको पहुँच भएको हुनसक्ने आशंकामा निगरानीमा राखिएको छ । त्रियुगाको वडा नम्बर २, ३, ५, ६ र १२ मा मुस्लिम समुदायको उपस्थिति बाक्लो रहेको स्थानीय सञ्चारकर्मी राहुल यादवले बताए ।
वडा ३ को भुल्के बस्ती क्षेत्रलाई सिल गरिसकेपनि नुर मस्जिदमा आउजाउ गर्ने व्यक्तिहरूलाई पहिचानगरी सबैलाई र्यापिड टेस्ट गर्न पहल गरिरहेको उक्त वडाका अध्यक्ष अवधेश चौधरीले बताए । उनले भने, “भुल्के मस्जिदमा यतिधेरै कोरोना संक्रमित आएर यति लामो समयसम्म गुपचुप भएर बस्नु समान्य कुरा होइन । घटना बाहिरिइसकेपछि पनि धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ ।”
एक साताअघि विराटनगरबाट भुल्केमा रहेको नुर मस्जिदमा आइपुगेका १२ भारतीयसहित १६ जनाको समूहमध्ये एक नेपालीसमेत १२ जनामा कोरोना संक्रमित देखिएको हो ।
उनीहरूमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारै साँझ गरिसकेको छ । संक्रमितहरूलाई विराटनगरस्थित विशेष कोरोना अस्पतालमा र उनीहरूको टोलीमा रहेका अन्य चारजनालाई टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











