अपडेटः पर्वत पहिरोमा मृत्यु हुने ८ जना पुगे
काठमाडाैँ । शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको अहिले दिउँसो शव भेटिएको हो ।
मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा छन् । त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि शव फेलापरेको घटनास्थलबाट पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार अहिले दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।
बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक अधिकारी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली पनि उद्धारका लागि घटनास्थलमै पुगेको छ ।
सुरक्षाकर्मी र स्थानीयलाई उद्धारमा समस्या भएपछि बिहानदेखि एस्काभेटरको सहायता लिइएको थियो । पहिरोले घर सबै पुरिएका कारण मृतकहरुलाई फेला पार्न समेत मुस्किल भएको घटनास्थलमा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।
घरदेखि करिब चार सय मिटर माथिको पहरे रानीवन सामुदायिक वनबाट खसेको पहिरो घरदेखि करिब ३० मिटर टाढाको सडक छिचोलेर घरमाथि परेको हो । शनिबार परिवारका सबैजना सुतेका कारण यति ठुलो मानविय क्षति भएको स्थानीय होमबहादुर थापाले बताए । ‘गाउँमा अलि छिटै सुत्ने गरिन्छ, कामको चापले छिटै सुतेका हुनसक्छन्,’ थापाले भने, ‘पहिरो खसेपछि ऐया भन्न समेत नपाएको देखिन्छ ।’ शनिबार लामो समय मुसलधारे वर्षाका कारण बस्तीमा पहिरो खसेको उनले बताए । मनसुन सुरु भएकै दिन पर्वतको दुर्लुङमा मात्रै यति ठुलो वर्षा भएको हो ।
जिल्लाका अन्य स्थानमा भने हिजो दिउँसो र रातिसमेत मौसम सफा थियो । जल तथा मौसम पुर्वानुमान महाशाखाले शनिबार मुलुकका केही स्थानमा भीषण वर्षा हुने सम्भावनाबारे बताएको भए पनि पर्वतको दुर्लुङकै अन्य केही गाउँ र कुश्मा बजारमा समेत वर्षा भएको थिएन । घटनास्थल सदरमुकाम कुश्मादेखि करिब १५ किलोमिटर उत्तरतर्फको डाँडोमा पर्छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












