नेपालबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)
काठमाडौं । आज आइतवार सूर्यग्रहण लागिरहेको छ।
यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्यग्रहण भनिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।
उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिँदैछ। मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखिने गौतम बताउँछन्। यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिनेछ। खगोलविलले ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस हुने बताएका छन्।
सुरू आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादून, कुरूक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ। नेपालमा काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण हेर्न सकिनेछ। नेपालमा सबैभन्दा धेरै देशको पश्चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देख्न पाइनेछ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिने छ। नेपाल सरकारले हालै मात्र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समेटेको छ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












