नेपालबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)
काठमाडौं । आज आइतवार सूर्यग्रहण लागिरहेको छ।
यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्यग्रहण भनिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।
उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिँदैछ। मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखिने गौतम बताउँछन्। यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिनेछ। खगोलविलले ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस हुने बताएका छन्।
सुरू आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादून, कुरूक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ। नेपालमा काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण हेर्न सकिनेछ। नेपालमा सबैभन्दा धेरै देशको पश्चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देख्न पाइनेछ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिने छ। नेपाल सरकारले हालै मात्र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समेटेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











