नेपालबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)
काठमाडौं । आज आइतवार सूर्यग्रहण लागिरहेको छ।
यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्यग्रहण भनिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।
उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिँदैछ। मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखिने गौतम बताउँछन्। यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिनेछ। खगोलविलले ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस हुने बताएका छन्।
सुरू आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादून, कुरूक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ। नेपालमा काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण हेर्न सकिनेछ। नेपालमा सबैभन्दा धेरै देशको पश्चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देख्न पाइनेछ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिने छ। नेपाल सरकारले हालै मात्र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समेटेको छ।
![](http://news-nepal.com/wp-content/uploads/2020/06/१.jpg)
![](http://news-nepal.com/wp-content/uploads/2020/06/solar-eclipse-nepal_aCMmnqEC5Q_UfDPgFVA75.jpg)
![](http://news-nepal.com/wp-content/uploads/2020/06/solar-eclipse-nepal-1_5oOn1mMGG5_uX63wSBxYy.jpg)
![](http://news-nepal.com/wp-content/uploads/2020/06/solar-eclipse-nepal-1-5_oW8oUe32rJ.jpg)
![](http://news-nepal.com/wp-content/uploads/2020/06/solar-eclipse-nepal-1-7_mTm4WFhfM9_QDCWEDJXcZ.jpg)
Comments
अरु समाचार
-
ट्रान्सपरेन्सी रिपोर्ट प्रचण्ड नेतृत्व सरकारको हो: एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रान्सपरेन्सी रिपोर्ट अहिलेको नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
-
एक अर्कामा प्रेमभाव देखाउँदै विश्वभर भ्योलेन्टाइन डे मनाइँदै
काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हेरक वर्ष १४ फेब्रअरीका...
-
नेपाल-भारत आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा
काठमाण्डाै । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय...
-
रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री...
-
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. भट्टराई निर्वाचित
काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। गत माघ २७ गतेयता जारी पार्टीको पहिलो...
-
काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान
काठमाडौं । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी...
-
हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने...
-
बाल विवाह सामाजिक समस्या: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन...
-
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
काठमाडौं । केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय...