क्रिकेट संघको केन्द्रीय समितिमा छुम्बी लामा नियुक्त
काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद्ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा नियुक्त गरेको छ।
परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले लामा र गिरीलाई गत असार १० गते क्यानको केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थिए। सोहि निर्णयअनुसार मंगलबार दुवै जनाले नियुक्त पाएको परिषद्ले जनाएको छ।
क्यानको विधानअनुसार २ जना केन्द्रीय सदस्य परिषद्ले नियुक्त गर्ने प्रावधान छ। सोहि प्रावधानअनुसार क्यानको निर्वाचन भएको १० महिनापछि परिषद्ले आफ्नोतर्फबाट केन्द्रीय सदस्य चयन गरेको हो।
लामा २०६८ सालदेखि क्रिकेटमा सक्रिय छन्। क्यानको अध्यक्षमा टंक आङ्बुहाङ निर्वाचित भएपछि लामाले सुरुमा क्यानको कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए। त्यसपछि क्यानले भावना घिमिरेलाई सिईओ नियुक्त गरेपछि लामालाई प्रमुख कार्यसंचालन अधिकृतको जिम्मेवारी दिइएको थियो।
क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निलम्बन गरेपछि क्रिकेट गतिविधि संचालन गर्न लामाले परिषद्को तर्फबाट काम गरेका थिए। लामाले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालमा आयोजना भएका केन्या र नामिबियाविरुद्धको खेल गराउन काम गरेका थिए।
लामाले परिषद्सँगको सहकार्यमा मूलपानी क्रिकेट मैदानको मर्मत गर्न पनि पहलकदमी लिएका थिए।
लामा पोखरा प्रिमियर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका कार्यकारी निर्देशक हुन्। लामाको नेतृत्वमा लिगका दुई संस्करणका खेल आयोजना भएका छन्। यस्तै उनी कार्यकारी निर्देशक रहेको क्विन्स इभेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेट लिग गराउने क्रममा वुमेन्स च्याम्पियन्स लिग आयोजना गरेको थियो।
क्यानको पछिल्लो निर्वाचनमा लामाले हालका अध्यक्ष चतुरबहादुर चन्दविरुद्धको प्यानल बनाउन भूमीका निर्वाह गरेका थिए। त्यसैले लामा अहिलेको क्यानमा प्रतिपक्षीको भूमीकामा रहन सक्छन्।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












