क्रिकेट संघको केन्द्रीय समितिमा छुम्बी लामा नियुक्त
काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद्ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा नियुक्त गरेको छ।
परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले लामा र गिरीलाई गत असार १० गते क्यानको केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थिए। सोहि निर्णयअनुसार मंगलबार दुवै जनाले नियुक्त पाएको परिषद्ले जनाएको छ।
क्यानको विधानअनुसार २ जना केन्द्रीय सदस्य परिषद्ले नियुक्त गर्ने प्रावधान छ। सोहि प्रावधानअनुसार क्यानको निर्वाचन भएको १० महिनापछि परिषद्ले आफ्नोतर्फबाट केन्द्रीय सदस्य चयन गरेको हो।
लामा २०६८ सालदेखि क्रिकेटमा सक्रिय छन्। क्यानको अध्यक्षमा टंक आङ्बुहाङ निर्वाचित भएपछि लामाले सुरुमा क्यानको कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए। त्यसपछि क्यानले भावना घिमिरेलाई सिईओ नियुक्त गरेपछि लामालाई प्रमुख कार्यसंचालन अधिकृतको जिम्मेवारी दिइएको थियो।
क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निलम्बन गरेपछि क्रिकेट गतिविधि संचालन गर्न लामाले परिषद्को तर्फबाट काम गरेका थिए। लामाले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालमा आयोजना भएका केन्या र नामिबियाविरुद्धको खेल गराउन काम गरेका थिए।
लामाले परिषद्सँगको सहकार्यमा मूलपानी क्रिकेट मैदानको मर्मत गर्न पनि पहलकदमी लिएका थिए।
लामा पोखरा प्रिमियर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका कार्यकारी निर्देशक हुन्। लामाको नेतृत्वमा लिगका दुई संस्करणका खेल आयोजना भएका छन्। यस्तै उनी कार्यकारी निर्देशक रहेको क्विन्स इभेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेट लिग गराउने क्रममा वुमेन्स च्याम्पियन्स लिग आयोजना गरेको थियो।
क्यानको पछिल्लो निर्वाचनमा लामाले हालका अध्यक्ष चतुरबहादुर चन्दविरुद्धको प्यानल बनाउन भूमीका निर्वाह गरेका थिए। त्यसैले लामा अहिलेको क्यानमा प्रतिपक्षीको भूमीकामा रहन सक्छन्।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











