देश र जनतालाई धोका नदिन प्रदेश १ का नेकपा नेताको सुझाव
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पछिल्लो विवाद तत्काल समाधान गर्दै अगाडि बढ्न प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवले सुझाव दिएका छन्।
१४ जिल्ला कमिटीका तर्फबाट आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको मर्म र भावनाअनुरुप कदम चाल्न आग्रह गरिएको हो। प्रदेश सांसद समेतको उपस्थितिमा सबै जिल्लाका पार्टी अध्यक्ष र सचिवका तर्फबाट नेताहरुले पार्टी विभाजनबाट रोक्नुपर्नेमा जोड दिएका हुन्।
नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले पार्टीमा सिर्जना भएको विवादका कारण कार्यकर्ता, शुभचिन्तक तथा आम नागरिकले पार्टी एकता संकटमा परेको अनुभूति गर्नु परेको बताए।
उनले नेपालमा विभिन्न समूहमा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरिएको कुरा नेतृत्वले बिर्सन नहुने सुझाव दिए।
देशी तथा विदेशी प्रतिक्रियावादी षडयन्त्रलई परास्त गरेर पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनु पर्ने घडीमा आपसी विवादले पार्टीलाई गम्भीर क्षति पु¥याउने अध्यक्ष पोख्रेलको भनाइ छ।
‘विवादको सही समाधान नभएमा देश र आम जनताप्रति गम्भीर धोका हुने भएकाले सुझबुझपूर्ण तरिकाले निर्णय लिनु पर्छ,’ १४ वटै जिल्ला कमिटीका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘करिब दुई तिहाइको जनमतसहित प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गरेर पूरा गर्ने दायित्व पार्टीको काँधमा भएकाले देश र जनतालाई धोक दिने हिसाबमा अघि बढ्न हुँदैन।’
विज्ञप्तिमार्फत पार्टी एकतालाई थप मजवुत बनाएर लैजान सकेमा मात्र प्राप्त सबै जिम्मेवारी पूरा गर्न सकिने भएकाले पार्टीमा टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न नेतृत्वलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा १४ वटा जिल्लाका पार्टी अध्यक्ष र सचिव क्रमस मोरङका ऋषिकेश पोख्रेल, गणेश उप्रेती ‘सुशील’, सुनसरीका योगेन्द्रप्रसाद मण्डल ‘पप्पु’, रमेश बस्नेत, धनकुटाका राजेन्द्र राई, ऋषिराज ढुंगाना, सोलुखुम्बुका मानवीर राई, गोम्बु शेर्पा, खोटाङका देवान चाम्लिङ राई ‘पृथ्वी’, रामप्रसाद दंगाल, ओखलढुंगाका मोहनकुमार खड्का र मोहनकुमार श्रेष्ठको हस्ताक्षर छ।
त्यस्तै भोजपुरका प्रेमकुमार राई, विमल खड्का, उदयपुरका दिवश कटुवाल, ईश्वरमणि राउत, संखुवासभाका हेमराज घिमिरे, कृष्ण जिमी याक्खा, पाँचथरका राजकुमार भण्डारी, होम जवेगु, तेह्रथुमका लक्ष्मण तिवारी, इन्द्र ईम्सुङ, ताप्लेजुङका विजय वनेम (किराँत), बलबहादुर साम्सोहाङ, इलामका राम राना, सोममाया राई र झापाका चिन्तन पाठक तथा मणिकुमार साम्पाङले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
नेकपा नेता गुरु बरालले विभिन्न संकटसँग मुलुक जुधिरहेका बेला पार्टी विभाजनको दिशामा जान नहुने र एक ढिक्का भएर अघि बढ्नु पर्ने सुझाव दिए। संकटपूर्ण अवस्थामा कुनै कमिकमजोरी भएमा आत्मआलोचना गर्दै र सच्चिदै यही सरकारको निरन्तरतालाई जोड दिनु पर्ने उनको सुझाव छ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई समेत समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने महत्वपूर्ण अभिभारा पूरा भइसकेको छ,’ बरालले भने, ‘जनमतबाट प्राप्त बाँकी धेरै अभिभारा पूरा गर्नु पर्ने बेला पार्टी फुटतर्फ उन्मुख हुन हुँदैन।’ पार्टीलाई कमजोर बनाउने गतिविधी नगर्न र जिम्मेवार बनेर अघि बढ्नु पर्नेमा उनको जोड छ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












