देश र जनतालाई धोका नदिन प्रदेश १ का नेकपा नेताको सुझाव
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पछिल्लो विवाद तत्काल समाधान गर्दै अगाडि बढ्न प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवले सुझाव दिएका छन्।
१४ जिल्ला कमिटीका तर्फबाट आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको मर्म र भावनाअनुरुप कदम चाल्न आग्रह गरिएको हो। प्रदेश सांसद समेतको उपस्थितिमा सबै जिल्लाका पार्टी अध्यक्ष र सचिवका तर्फबाट नेताहरुले पार्टी विभाजनबाट रोक्नुपर्नेमा जोड दिएका हुन्।
नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले पार्टीमा सिर्जना भएको विवादका कारण कार्यकर्ता, शुभचिन्तक तथा आम नागरिकले पार्टी एकता संकटमा परेको अनुभूति गर्नु परेको बताए।
उनले नेपालमा विभिन्न समूहमा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरिएको कुरा नेतृत्वले बिर्सन नहुने सुझाव दिए।
देशी तथा विदेशी प्रतिक्रियावादी षडयन्त्रलई परास्त गरेर पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनु पर्ने घडीमा आपसी विवादले पार्टीलाई गम्भीर क्षति पु¥याउने अध्यक्ष पोख्रेलको भनाइ छ।
‘विवादको सही समाधान नभएमा देश र आम जनताप्रति गम्भीर धोका हुने भएकाले सुझबुझपूर्ण तरिकाले निर्णय लिनु पर्छ,’ १४ वटै जिल्ला कमिटीका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘करिब दुई तिहाइको जनमतसहित प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गरेर पूरा गर्ने दायित्व पार्टीको काँधमा भएकाले देश र जनतालाई धोक दिने हिसाबमा अघि बढ्न हुँदैन।’
विज्ञप्तिमार्फत पार्टी एकतालाई थप मजवुत बनाएर लैजान सकेमा मात्र प्राप्त सबै जिम्मेवारी पूरा गर्न सकिने भएकाले पार्टीमा टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न नेतृत्वलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा १४ वटा जिल्लाका पार्टी अध्यक्ष र सचिव क्रमस मोरङका ऋषिकेश पोख्रेल, गणेश उप्रेती ‘सुशील’, सुनसरीका योगेन्द्रप्रसाद मण्डल ‘पप्पु’, रमेश बस्नेत, धनकुटाका राजेन्द्र राई, ऋषिराज ढुंगाना, सोलुखुम्बुका मानवीर राई, गोम्बु शेर्पा, खोटाङका देवान चाम्लिङ राई ‘पृथ्वी’, रामप्रसाद दंगाल, ओखलढुंगाका मोहनकुमार खड्का र मोहनकुमार श्रेष्ठको हस्ताक्षर छ।
त्यस्तै भोजपुरका प्रेमकुमार राई, विमल खड्का, उदयपुरका दिवश कटुवाल, ईश्वरमणि राउत, संखुवासभाका हेमराज घिमिरे, कृष्ण जिमी याक्खा, पाँचथरका राजकुमार भण्डारी, होम जवेगु, तेह्रथुमका लक्ष्मण तिवारी, इन्द्र ईम्सुङ, ताप्लेजुङका विजय वनेम (किराँत), बलबहादुर साम्सोहाङ, इलामका राम राना, सोममाया राई र झापाका चिन्तन पाठक तथा मणिकुमार साम्पाङले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
नेकपा नेता गुरु बरालले विभिन्न संकटसँग मुलुक जुधिरहेका बेला पार्टी विभाजनको दिशामा जान नहुने र एक ढिक्का भएर अघि बढ्नु पर्ने सुझाव दिए। संकटपूर्ण अवस्थामा कुनै कमिकमजोरी भएमा आत्मआलोचना गर्दै र सच्चिदै यही सरकारको निरन्तरतालाई जोड दिनु पर्ने उनको सुझाव छ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई समेत समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने महत्वपूर्ण अभिभारा पूरा भइसकेको छ,’ बरालले भने, ‘जनमतबाट प्राप्त बाँकी धेरै अभिभारा पूरा गर्नु पर्ने बेला पार्टी फुटतर्फ उन्मुख हुन हुँदैन।’ पार्टीलाई कमजोर बनाउने गतिविधी नगर्न र जिम्मेवार बनेर अघि बढ्नु पर्नेमा उनको जोड छ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












