धरानमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ।
मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए। प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो। उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो।
अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरीएको थियो। सोही दिन पोजिटिभ आएको उनले जानकारी दिए। ‘उहाँ वीपीमा उपचारमा आउदा नै निक्कै सिरियस हुनुहुन्थ्यो, त्यसैले आइसियुमा राखेर उपचार भएको थियो,’प्रवक्ता डा सापकोटाले भने, ‘पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं, निधन भयो।’ प्रवक्ता डा. सापकोटाका अनुसार साँझ नै मृतकको शवलाई महोत्तरी पठाइसकिएको छ।
‘आर्मीसगँ समन्वय गरेर शव व्यवस्थापन गर्ने भन्ने थियो,’उनले भने। यसअघि पनि सप्तरीको राजविराज निवासी एक वृद्धको पनि वीपीमा उपचारको क्रममा निधन भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ४१ जनाको निधन भएको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन्।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












