छाङरुको सशस्त्र प्रहरी बीओपीलाई कालापानीको फेदमै राख्ने सरकारको निर्णय
दार्चुला । सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ।
जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो। असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ।
बैठकले वैशाख ३१ गते स्थापना भएको छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)लाई कालापानी नजिकै कौवा भन्ने ठाउँमा सार्ने निर्णय पनि गरेको छ। यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए।
निर्णयअनुसार अब कालापानीबाट ३ किलोमिटर वर माथिल्लो कौवामा बीओपीमार्फत नेपाली सुरक्षाकर्मीको बलियो उपस्थिति हुनेछ। अहिले त्यहाँ छाङरुबाट गस्ती हुने गरेको छ।
कौवासम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ। अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन।
त्यसैगरी चीनसँग सीमा जोडिएको तिङ्करमा पनि बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। जहाँ अहिले छाङरुबाटै सशस्त्रले गस्ती गर्दै आएको छ।
सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो। खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको हो।
कौवामा छाङरुबाटै गस्ती
छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी कौवासम्म कहिलेकाहीँ गस्ती निस्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पहिल्यै अतिक्रमण गरेको कालापानी भन्दा झण्डै एक किलोमिटर तल आएर बसेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका गुल्मपति डम्बर विष्टले जानकारी दिए।
यस्तै सरकारले व्यासको कौवा र तिङ्करसँगै महाकाली नगरपालिका–९ को दत्तु र व्यास गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने भएको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यसअघि भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवी, व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नं १ को छाङ्गरु गागामा बिओपी स्थापना गरिसकेको छ।
दार्चुलामा भारतसँग कूल १२५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ। यसअघि चीनसँगको सीमामा दार्चुलाको नेपाल प्रहरीको मात्रै उपस्थिति छ। प्रहरीले व्यास गाउँपालिका–१ तिङ्करको छायालेकमा सीमा प्रहरीचौकी राखेको छ।
जिल्लामा गण स्थापना भएसँगै सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमको नेतृत्वमा पाँच सशस्त्र प्रहरी नायब उपरीक्षक, १४ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६२१ जनाको दरबन्दी रहने छ। सशस्त्रको गुल्ममा भने १५० जना बस्दै आएका छन्।
मन्त्रीको टोली छाङ्गरु प्रस्थान
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको छ। छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणका लागि कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान गरेको हो।
टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन्। टोलीमा सुरक्षा अधिकारी पनि सहभागी छन्।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...











