छाङरुको सशस्त्र प्रहरी बीओपीलाई कालापानीको फेदमै राख्ने सरकारको निर्णय
दार्चुला । सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ।
जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो। असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ।
बैठकले वैशाख ३१ गते स्थापना भएको छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)लाई कालापानी नजिकै कौवा भन्ने ठाउँमा सार्ने निर्णय पनि गरेको छ। यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए।
निर्णयअनुसार अब कालापानीबाट ३ किलोमिटर वर माथिल्लो कौवामा बीओपीमार्फत नेपाली सुरक्षाकर्मीको बलियो उपस्थिति हुनेछ। अहिले त्यहाँ छाङरुबाट गस्ती हुने गरेको छ।
कौवासम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ। अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन।
त्यसैगरी चीनसँग सीमा जोडिएको तिङ्करमा पनि बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। जहाँ अहिले छाङरुबाटै सशस्त्रले गस्ती गर्दै आएको छ।
सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो। खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको हो।
कौवामा छाङरुबाटै गस्ती
छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी कौवासम्म कहिलेकाहीँ गस्ती निस्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पहिल्यै अतिक्रमण गरेको कालापानी भन्दा झण्डै एक किलोमिटर तल आएर बसेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका गुल्मपति डम्बर विष्टले जानकारी दिए।
यस्तै सरकारले व्यासको कौवा र तिङ्करसँगै महाकाली नगरपालिका–९ को दत्तु र व्यास गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने भएको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यसअघि भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवी, व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नं १ को छाङ्गरु गागामा बिओपी स्थापना गरिसकेको छ।
दार्चुलामा भारतसँग कूल १२५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ। यसअघि चीनसँगको सीमामा दार्चुलाको नेपाल प्रहरीको मात्रै उपस्थिति छ। प्रहरीले व्यास गाउँपालिका–१ तिङ्करको छायालेकमा सीमा प्रहरीचौकी राखेको छ।
जिल्लामा गण स्थापना भएसँगै सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमको नेतृत्वमा पाँच सशस्त्र प्रहरी नायब उपरीक्षक, १४ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६२१ जनाको दरबन्दी रहने छ। सशस्त्रको गुल्ममा भने १५० जना बस्दै आएका छन्।
मन्त्रीको टोली छाङ्गरु प्रस्थान
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको छ। छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणका लागि कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान गरेको हो।
टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन्। टोलीमा सुरक्षा अधिकारी पनि सहभागी छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











