झापाको मेची अस्पतालमा कोरोना भाइरसको नमूना परीक्षण सुरु
झापा । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने भएको छ ।
बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको हो ।
दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण सुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । ‘सोमबार र मंगलबार नमूना परीक्षण गर्छौं, उनले भने, ‘त्यसलाई क्रस भेरिफिकेसनका लागि विराटनगर पठाउँछौं, रिपोर्ट ठिक देखियो भने नियमित परीक्षण थाल्छौं ।’
मेची अस्पतालमा पीसीआर ल्याब सञ्चालन संयोजक जिल्ला समन्वय समिति प्रमुख रहने छन् । संयोजकको जिम्माअनुरुप मेसिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम सकेर ल्याब सञ्चालनको लागि तयारी गरिसकेको समन्वय प्रमुख पोर्तेलले जानकारी दिए ।
हाल अस्पतालको ल्याब राखिएको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । त्यहाँ सम्बन्धित कर्मचारीबाहेक बाहिरका बिरामी जान सक्दैनन् । प्रदेश सरकारको पहलमा स्थापना गरिएको उक्त पीसीआर ल्याबमा ८ जना कर्मचारी छन् । परीक्षण सुरु भएको केही दिन सम्म २ सिफ्टमा परीक्षण गरिने र क्रस भेरिफिकेसनमा रिर्पोट ठिक देखिन थाल्यो भने ४ सिफ्टमा काम गरिने छ ।
समन्वय प्रमुख पोर्तेलकाअनुसार साउन महिनाभित्र ७ सयको पीसीआर रिर्पोट निकाल्ने गरी काम गरिने छ । मेची अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकारले १ करोड रुपैयाँ पठाएको छ ।
त्यही रकमबाट हाल सञ्चालन गरिएको समन्वय प्रमुख पोर्तेलले जानकारी दिए । मेची अस्पतालमा ल्याब सञ्चालनमा आएपछि पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ समेतलाई सहज हुनेछ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












