बाजुरामा बाढीको वितण्डा घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता
काठमाडाैँ । आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ।
नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो।
बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ। लगातार अत्याधिक पर्दा नदीमा बहाब बढेर साफेँ-मार्तडी सडकस्थित बुढीगंगा नदीको जडाङ्गामा बनाइएको बेलीब्रिज बगाएको प्रहरीले जनाएको छ।
नदीमा पानीको बहाब बढेपछि नदी किनारका बस्तीका स्थानीय विस्थापित भएका छन् भने लाखौँको धनमालको क्षति भएको छ। नदी बस्तीमा पसेको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली सोमबार बिहान ३ बजे सदरमुकाम मार्तडीबाट हिडेपनि बाटोमा पहिरोको कारण बिहान मात्र घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
टोली घागर, रापक जडाङ्गा, क्षेत्रमा पुगेर बेपत्ता महिलाको खोजी र विस्थापित परिवारको उद्धारमा खटिएको प्रहरीको भनाइ छ। जिल्लाका अन्य ठाउँमा पनि ठूलो क्षतिको आएको र यसबारे थप जानकारी लिने काम भइरहेको र कतिपय स्थानमासम्पर्क हुन नसेको प्रहरीले जानएको छ।
बुढीगंगा नदीको बाढीले आधा दर्जन बढी झुलङ्गे पुलहरु बगाएको छ। स्थानीयहरु ज्यान जोगाउन भागदौड गरिरहेका एक स्थानीयले जानकारी दिए। सयौँ चौपाया बगाएका छन्। सयाँै रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ।
त्यस्तै गौमुल गाउपालिका–१ सिममा घर भत्किँदा ८ परिवार विस्थापित भएका छन्। घर माथिबाट पहिरो आएपछि स्थानीय भागेर बाच्न सफल भएपनि चौपायसहित धनमाल सबै पुरिएको स्थानीय धर्म रोकायाले जानकारी दिए। त्यस्तै बुढिगंगा नगदिले गौमुल गाउपालिकाकाका ४ भन्दा बढी झोलुङ्गे पुल बगाएको छ। नदी छेउका बस्तीबाट स्थानीय बिस्तापित भएका छन्। घटनास्थलमा प्रहरी पुगिसकेका छैन स्थानीय जनप्रतिनिधिहरुले उद्धार गरिरहेको गौमुल गाउपालिका–१ का वडा अध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए।
त्यस्तै बुढीगंगा नगरपालिका–२ को ताप्रीसेरामा बुढीगंगा नदीले एक किराना पसल बगाएको छ। किसन बिष्टको किराना पसल बगाएको बुढीगंगा नगरपालिक–२ का वडा अध्यक्ष हिरालाल थापाले बताए।
नदीभन्दा निकै माथि सडक छेउमा भएको पसल बगाएको वडा अध्यक्ष थापाले जानकारी दिए। ‘निकै माथि थियो नदी पूग्ला भन्ने कल्पनासमेत गरिएको थिएन राति कति खेर बगायो थाहा नै भएन।’ थापाले भने। विष्ट परिवार साँझ पसल बन्द गरेर ससुराली गएका कारण मानवीय क्षति हुनबाट जोगियो वडा अध्यक्ष थापाको भनाइ छ।
नदिले छेउमै रहेका बंगुर, हाँस र टर्की समेत बगाएको वडा अध्यक्ष थापाले जानकारी दिए।
बाढीले बुढीगंगा नदि छेउछाउका बस्तीमा ठूलो क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











