बाजुरामा बाढीको वितण्डा घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता
काठमाडाैँ । आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ।
नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो।
बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ। लगातार अत्याधिक पर्दा नदीमा बहाब बढेर साफेँ-मार्तडी सडकस्थित बुढीगंगा नदीको जडाङ्गामा बनाइएको बेलीब्रिज बगाएको प्रहरीले जनाएको छ।
नदीमा पानीको बहाब बढेपछि नदी किनारका बस्तीका स्थानीय विस्थापित भएका छन् भने लाखौँको धनमालको क्षति भएको छ। नदी बस्तीमा पसेको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली सोमबार बिहान ३ बजे सदरमुकाम मार्तडीबाट हिडेपनि बाटोमा पहिरोको कारण बिहान मात्र घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
टोली घागर, रापक जडाङ्गा, क्षेत्रमा पुगेर बेपत्ता महिलाको खोजी र विस्थापित परिवारको उद्धारमा खटिएको प्रहरीको भनाइ छ। जिल्लाका अन्य ठाउँमा पनि ठूलो क्षतिको आएको र यसबारे थप जानकारी लिने काम भइरहेको र कतिपय स्थानमासम्पर्क हुन नसेको प्रहरीले जानएको छ।
बुढीगंगा नदीको बाढीले आधा दर्जन बढी झुलङ्गे पुलहरु बगाएको छ। स्थानीयहरु ज्यान जोगाउन भागदौड गरिरहेका एक स्थानीयले जानकारी दिए। सयौँ चौपाया बगाएका छन्। सयाँै रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ।
त्यस्तै गौमुल गाउपालिका–१ सिममा घर भत्किँदा ८ परिवार विस्थापित भएका छन्। घर माथिबाट पहिरो आएपछि स्थानीय भागेर बाच्न सफल भएपनि चौपायसहित धनमाल सबै पुरिएको स्थानीय धर्म रोकायाले जानकारी दिए। त्यस्तै बुढिगंगा नगदिले गौमुल गाउपालिकाकाका ४ भन्दा बढी झोलुङ्गे पुल बगाएको छ। नदी छेउका बस्तीबाट स्थानीय बिस्तापित भएका छन्। घटनास्थलमा प्रहरी पुगिसकेका छैन स्थानीय जनप्रतिनिधिहरुले उद्धार गरिरहेको गौमुल गाउपालिका–१ का वडा अध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए।
त्यस्तै बुढीगंगा नगरपालिका–२ को ताप्रीसेरामा बुढीगंगा नदीले एक किराना पसल बगाएको छ। किसन बिष्टको किराना पसल बगाएको बुढीगंगा नगरपालिक–२ का वडा अध्यक्ष हिरालाल थापाले बताए।
नदीभन्दा निकै माथि सडक छेउमा भएको पसल बगाएको वडा अध्यक्ष थापाले जानकारी दिए। ‘निकै माथि थियो नदी पूग्ला भन्ने कल्पनासमेत गरिएको थिएन राति कति खेर बगायो थाहा नै भएन।’ थापाले भने। विष्ट परिवार साँझ पसल बन्द गरेर ससुराली गएका कारण मानवीय क्षति हुनबाट जोगियो वडा अध्यक्ष थापाको भनाइ छ।
नदिले छेउमै रहेका बंगुर, हाँस र टर्की समेत बगाएको वडा अध्यक्ष थापाले जानकारी दिए।
बाढीले बुढीगंगा नदि छेउछाउका बस्तीमा ठूलो क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Comments
अरु समाचार
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...












