विराटनगर महानगरको आफ्नै पीसीआर ल्याब, अब आजको आजै नतिजा
विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ ।
संक्रमितको व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारी भए पनि बेवास्ताका कारण स्थानीय तह आफैंले आइसोलेसन सञ्चालन गर्न थालेका छन् ।
मोरङमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आइसोलेसन सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाको वडा १९ स्थित इलाका स्वास्थ्य कार्यालयमा सञ्चालित आइसोलेसनबाट बिहीबार १९ जना कोरोना ठीक भई घर फर्किएका छन् । उनीहरूलाई बिदाइ गर्न महानगरपालिकाका मेयर भीम पराजुली आफैं पुगेका थिए ।
स्थानीय तहले संकलन गरेका स्वाब प्रदेशको ल्याबमै थुप्रिन थालेपछि विराटनगर महानगरलाई आफ्नै ल्याब सञ्चालन गर्न दबाब परेको थियो । “अब आफ्नै मेसिनबाट चाँडो नतिजा आउने गरी प्रक्रियासमेत थालेका छौं, एउटा मेसिन आइसकेको छ,” मेयर पराजुलीले भने, “एउटा पीसीआर मेसिन र चाँडो रिजल्ट दिने अर्को मेसिन खरिद गर्दै छौं । आज बेलुका पीसीआर मेसिन आइपुग्छ । चिकित्सकको परामर्श समितिले नै मेसिन छनोट गरी प्रक्रियागत रुपमा खरिद गरेका हौं ।” कोसी अस्पतालभित्रकै ल्याबमा दुवै मेसिन राख्ने र सञ्चालन गर्ने विषयमा सहमति हुने मेयर पराजुलीले बताएका छन् ।
महानगरले संकलन गरेका स्वाब त्यहीं परीक्षण तथा चाँडो नतिजा दिलाउने प्रबन्ध गर्दै छ । महानगरका चिकित्सक तथा स्वास्थ्यकर्मीले संकलन गरेको स्वाबको नतिजा पाउन अब पाँच दिनसम्म पर्खनुपर्ने अवस्था नरहने मेयर पराजुलीले सुनाए । चिकित्सक कामना शर्मा र सुशील तपडियासहितको परामर्श समूहले महानगरलाई मेसिनको विषयमा सुझाव दिएका थिए ।
मेसिन खरिद गर्न विराटनगरका उद्योगी तथा व्यवसायीले संस्थागत र व्यक्तिगत रुपमा समेत ७ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । ल्याबको संरचना तयार गर्न विराटनगर महानगरपालिकाले कोसी अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । महानगरले खरिद गरेको मेसिन २८ लाख रुपैयाँ र थप भ्याटको हो । महानगरलाई मेसिन खरिद गर्न मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, उद्योगी तुलसीराम अग्रवाल, राजेन्द्र राउत, प्रदीप मुरारका, गोल्छा हाउस, प्रदेश सांसद केदार कार्की, कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपानेलगायतले आर्थिक सहयोग गरेका छन् ।
स्थानीय तहबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कोसीमा पठाइएको स्वाबको नतिजा पाँचदेखि ६ दिनसम्म नआउँदा कन्ट्याक्ट ट्रेसिङमा परी नमुना दिएका तथा अन्यलाई समेत तनाव हुने गरेको छ । आज रातिदेखि विराटनगरमा लकडाउन सकिँदै छ । यस विषयमा समेत थप बैठक बेसर निर्णय हुने बताइएको छ ।
गत जेठ ५ गते विराटनगरको कोसी कोभिड-१९ उपचार केन्द्रमा २५० शय्या क्षमता पुर्याउने तयारी सरकारले गरेको थियो । एक करोड रुपैयाँमा कामसमेत सुरु भएको थियो । तर, सामाजिक विकास मन्त्रालयले गर्ने कि भौतिक पूर्वाधार मन्त्रालयले गर्ने भन्ने अन्योल देखिँदा काम भने सम्पन्न भएको छैन ।
सामाजिक विकास मन्त्रालयले बिहीबारबाट भने दुई भेन्टिलेटर जडान भई सञ्चालनमा आएको जनाएको छ । यसैगरी आईसीयूसमेत सञ्चालन भएको जनाइएको छ । निजी क्षेत्रले तीन महिनाअघि भेन्टिलेटर सहयोग गरेका थिए ।
एकजना बिरामीलाई भेन्टिलेटर र आईसीयूको सुविधा नदिइँदा मृत्यु भएको भन्दै परिवारले उच्च अदालत विराटनगरमा रिट दिएपछि अदालतले उपचारमा भएका प्रगतिको र व्यवस्थापनको सबै विवरण अदालतमा पेस गर्न प्रदेश सरकारलाई आदेश दिएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












