विराटनगर महानगरको आफ्नै पीसीआर ल्याब, अब आजको आजै नतिजा
विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ ।
संक्रमितको व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारी भए पनि बेवास्ताका कारण स्थानीय तह आफैंले आइसोलेसन सञ्चालन गर्न थालेका छन् ।
मोरङमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आइसोलेसन सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाको वडा १९ स्थित इलाका स्वास्थ्य कार्यालयमा सञ्चालित आइसोलेसनबाट बिहीबार १९ जना कोरोना ठीक भई घर फर्किएका छन् । उनीहरूलाई बिदाइ गर्न महानगरपालिकाका मेयर भीम पराजुली आफैं पुगेका थिए ।
स्थानीय तहले संकलन गरेका स्वाब प्रदेशको ल्याबमै थुप्रिन थालेपछि विराटनगर महानगरलाई आफ्नै ल्याब सञ्चालन गर्न दबाब परेको थियो । “अब आफ्नै मेसिनबाट चाँडो नतिजा आउने गरी प्रक्रियासमेत थालेका छौं, एउटा मेसिन आइसकेको छ,” मेयर पराजुलीले भने, “एउटा पीसीआर मेसिन र चाँडो रिजल्ट दिने अर्को मेसिन खरिद गर्दै छौं । आज बेलुका पीसीआर मेसिन आइपुग्छ । चिकित्सकको परामर्श समितिले नै मेसिन छनोट गरी प्रक्रियागत रुपमा खरिद गरेका हौं ।” कोसी अस्पतालभित्रकै ल्याबमा दुवै मेसिन राख्ने र सञ्चालन गर्ने विषयमा सहमति हुने मेयर पराजुलीले बताएका छन् ।
महानगरले संकलन गरेका स्वाब त्यहीं परीक्षण तथा चाँडो नतिजा दिलाउने प्रबन्ध गर्दै छ । महानगरका चिकित्सक तथा स्वास्थ्यकर्मीले संकलन गरेको स्वाबको नतिजा पाउन अब पाँच दिनसम्म पर्खनुपर्ने अवस्था नरहने मेयर पराजुलीले सुनाए । चिकित्सक कामना शर्मा र सुशील तपडियासहितको परामर्श समूहले महानगरलाई मेसिनको विषयमा सुझाव दिएका थिए ।
मेसिन खरिद गर्न विराटनगरका उद्योगी तथा व्यवसायीले संस्थागत र व्यक्तिगत रुपमा समेत ७ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । ल्याबको संरचना तयार गर्न विराटनगर महानगरपालिकाले कोसी अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । महानगरले खरिद गरेको मेसिन २८ लाख रुपैयाँ र थप भ्याटको हो । महानगरलाई मेसिन खरिद गर्न मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, उद्योगी तुलसीराम अग्रवाल, राजेन्द्र राउत, प्रदीप मुरारका, गोल्छा हाउस, प्रदेश सांसद केदार कार्की, कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपानेलगायतले आर्थिक सहयोग गरेका छन् ।
स्थानीय तहबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कोसीमा पठाइएको स्वाबको नतिजा पाँचदेखि ६ दिनसम्म नआउँदा कन्ट्याक्ट ट्रेसिङमा परी नमुना दिएका तथा अन्यलाई समेत तनाव हुने गरेको छ । आज रातिदेखि विराटनगरमा लकडाउन सकिँदै छ । यस विषयमा समेत थप बैठक बेसर निर्णय हुने बताइएको छ ।
गत जेठ ५ गते विराटनगरको कोसी कोभिड-१९ उपचार केन्द्रमा २५० शय्या क्षमता पुर्याउने तयारी सरकारले गरेको थियो । एक करोड रुपैयाँमा कामसमेत सुरु भएको थियो । तर, सामाजिक विकास मन्त्रालयले गर्ने कि भौतिक पूर्वाधार मन्त्रालयले गर्ने भन्ने अन्योल देखिँदा काम भने सम्पन्न भएको छैन ।
सामाजिक विकास मन्त्रालयले बिहीबारबाट भने दुई भेन्टिलेटर जडान भई सञ्चालनमा आएको जनाएको छ । यसैगरी आईसीयूसमेत सञ्चालन भएको जनाइएको छ । निजी क्षेत्रले तीन महिनाअघि भेन्टिलेटर सहयोग गरेका थिए ।
एकजना बिरामीलाई भेन्टिलेटर र आईसीयूको सुविधा नदिइँदा मृत्यु भएको भन्दै परिवारले उच्च अदालत विराटनगरमा रिट दिएपछि अदालतले उपचारमा भएका प्रगतिको र व्यवस्थापनको सबै विवरण अदालतमा पेस गर्न प्रदेश सरकारलाई आदेश दिएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











