‘ई-कमर्सलाई घर-घरमा ढुवानी गर्न इजाजत छैन’: काठमाडौंका सीडीओ दाहाल
काठमाडौं । अनलाइनमार्फत अर्डर लिएर सामग्री घर-घरमा ढुवानी गर्ने कम्पनीहरूलाई रोक लगाइएपछि व्यवसायी निराश भएका छन् ।
सामान डेलिभरी गर्न हिँडेका कर्मचारी र अफिसमा रहेका सञ्चालकलाई बिहीबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । तर, उनीहरुलाई निषेधाज्ञाको बेलामा कारोबार नगर्ने गरी कागज गराएर छाडिएको ई-कमर्सका सञ्चालकहरुले बताए ।
सुरक्षालाई ध्यानमा राखेर सेवा दिइरहँदा पनि काम गर्न बन्देज लगाइएकोमा उनीहरुले केही गर्न आँटेका युवालाई हतोत्साही गर्न खोजिएको बताए ।
‘मेरो किराना’का सागरदेव भट्टले हिजो समातिएका सबैलाई निशेधाज्ञा अवधिभर अनलाइन कारोबार नगर्ने लिखित प्रतिबद्धता गराएर छाडिएको बताए ।
काठमाडौं प्रमुख जिल्ला अधिकारीजनकराज दाहाल ले पनि निशेधाज्ञाको बेलामा ई-कमर्सले घरघरमा सेवा दिन नपाउने बताएको उनले जानकारी दिए ।
उहाँले ई-कमर्सले सेवा दिन नपाउने बताउनुभयो । तर, हामीले ई-कमर्सले जहिले पनि सेवा दिन पाउनुपर्छ भनेर अनुरोध पत्र बुझाएर आएका छौं”, उनले भने । प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञाका बेला ई-कमर्स पनि निशेधितमा नै पर्ने बताएको उनले जानकारी दिए ।
उनले हिजोको घटनाले ई-कमर्स उद्योगमाथि नै आक्रमण गरेको बताए । युवा उद्यमीले नयाँ-नयाँ अवधारणा ल्याएर चलाएको यो व्यवसायलाई प्रोत्साहन गरिनुपर्नेमा त्यसो नगरिएको उनले गुनासो गरे ।
कोभिड-१९ को बेलामा विदेशका विभिन्न मुलुकका सरकारले नै प्रोत्साहन दिएकोमा यहाँ त्यसो नगरिएको उनले बताए । उनले पूर्व जानकारी बिना कर्मचारीलाई समात्ने, कार्यालयमा आएर कर्मचारी लैजान काम भएको बताए ।
हिजोको घटनाका कारण आज कुनै पनि ई-कमर्स सञ्चालकहरुले डिलिभरी सेवा दिएनन् । “अब प्रशासनले स्पष्ट नपारेसम्म सञ्चालन गरिँदैन” उनले भने, “कर्मचारीलाई प्रहरीले समात्यो भने कर्मचारी तनाबमा हुन्छन् र प्रहरी कार्यालयमा कोरोनाको जोखिम उच्च पनि हुन्छ ।”
यता, फुडमान्डुका श्याम मालीले डिसेम्बर २ सम्मका लागि ई-कमर्सको कारोबार रोकिएको बताए । फुडमान्डुका डेलिभरी कर्मचारीलाई हिजो प्रहरीले ‘होल्ड’ गरेर राखेको थियो । सरकारबाट यसरी यसरी काम गर्नु भनेर स्पष्ट पारेको भए सजिलो हुने उनको भनाई छ । “काम गर्नलाई के हुने के नुहने स्पष्ट नै भएन, सरकारले स्पष्ट पारिदिनुपर्छ” उनले भने ।
फुडमाण्डु, मेरो किराना, भोज डिल्स, फुड मारियोलगायतका कम्पनीले विभिन्न ई-कमर्समार्फत होम डेलिभरी सुविधा दिँदै आएका छन् । ई-कमर्स कम्पनीहरूले दैनिक उपभोग्य सामान मोबाइल एप र वेबसाइटमार्फत अर्डर लिएर घर घर पुर्याउने काम गर्छन् । यी कम्पनीमार्फत खुला हुन नपाएका रेस्टुरेन्टहरूले पनि खानेकुरा प्याकिङमा होम डेलिभरी गरिरहेका थिए ।
प्रहरी प्रशासनले अचानक रोक लगाउँदा सेवाग्राही नै बढी प्रभावित भएको ती कम्पनीहरूको दाबी छ ।
ती कम्पनीहरुले सबै सुरक्षाका मापदण्ड अपनाएर नै कारोबार गर्दै आएको जनाएका छन् । एपबाट अर्डर लिने र भुक्तानी पनि डिजिटल माध्यमबाट लिने गरेको उनीहरुले बताए ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












