मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडाैँ । मोरङमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर-४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।
विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। शनिबार बिहान भने उनको रिपोर्ट पोजेटिभ आएको छ।
उनलाई शुक्रबार दिउँसै कोसी अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दा उनमा पखला र सास फेर्न गाह्रो रहेको र अवस्था गम्भीर रहेको डा. यादवले जनाए।
अहिले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएको छ।
कदमाहाका पुरुषको भने शनिबार बिहान साढे ११ बजे मृत्यु भएको डा. यादवले बताए।
‘भर्खर मात्र मृत्यु भयो भन्ने खबर आएको छ। उहाँलाई कोसी अस्पतालको आइसोलेसनबाट कोभिड-१९ अस्पताल रिफर गरिएको थियो,’ उनले भने।
ती पुरुषलाई पनि शु्क्रबार नै कोसी अस्पताल ल्याइएको थियो। ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई आइसोलेसनमा भर्ना गरेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।
त्यसपछि बेलुकी रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड-१९ अस्पताल रिफर गरिएको डा. यादवले जनाए।
उनको शव पनि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने छ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












